20221215

युक्रेनमा रुसले युद्ध शुरु गरेको पहिलो ४१ दिनमा ४ सय ४१ नागरिकको मृत्यु : राष्ट्र संघ प्रतिवेदन

 युक्रेनमा रुसले युद्ध शुरु गरेको पहिलो ४१ दिनमा ४ सय ४१ नागरिकको मृत्यु भएको राष्ट्र संघको प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रसंघीय अधिकार प्रमुख भोल्कर टर्कले फेब्रुअरी २४ देखि अप्रिल ६ सम्म सो संख्यामा हताहती भएको बताउनु भएको अलजजीराले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदले युक्रेनका तीन क्षेत्रमा भएको आक्रमणमा सयौं सर्वसाधारणको हत्या गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ । यसैबीच पृथकतावादी नेता डेनिस पुशिलिनले सन् २०१४ यताकै सबैभन्दा ठूलो हमला भएको बताउनु भएको छ । युक्रेनी सेनाले रातारात रुसी नियन्त्रित डोनेस्क सहरमा गोलाबारी गरेका छन् । दक्षिणी युक्रेनको खेरसनमा युद्ध जारी रहेको अधिकारीहरुले बताएका छन् । वाशिंगटनले युक्रेनको प्रतिरक्षालाई बढावा दिने योजनालाई अन्तिम रूप दिंएसंगै मस्कोले भने पश्चिमद्वारा आपूर्ति गरिएका सबै हतियारहरू नष्ट गर्ने चेतावनी दिदैं आएको छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक