20221222

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गर्दा राजेन्द्र लिङ्देन नै देखिए इमान्दार र राष्ट्रभक्त, हेर्नुस उनको सपथ यस्तो पनि थियो ! 
 

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण लिनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले शपथ ग्रहण गराउनुभएको हो । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक