20221211

आन्तरिक राजस्व कार्यालयको नक्कली कर्मचारी बनेर विभिन्न होटल तथा रेष्टुरेण्टबाट रकम असुली गर्न खोज्ने ८ जना पक्राउ


 काठमाडौं / नयाँ बसपार्कमा आन्तरिक राजस्व कार्यालयको नक्कली कर्मचारी बनेर विभिन्न होटल तथा रेष्टुरेण्टबाट रकम असुली गर्न खोज्ने ८ जना पक्राउ परेका छन् । राजश्व कार्यालयका कर्मचारीको जस्तै सरकारी पोशाक लगाएर अनुगमनको बहानामा व्यवसायीबाट रकम उठाउने ४ महिलासहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । 



पक्राउ पर्नेमा पूर्वी नवलपरासीका २९ वर्षीय मीनबहादुर विक, अछामका १९ बर्षीय सागरजंग लुहार, कञ्चनपुरका राजीव विष्ट र २५ वर्षीय डेभिड धामी छन् । त्यस्तै, पाँचथरकी २२ वर्षीया सिर्जना भट्टराई, सिन्धुपाल्चोककी २३ वर्षीया प्रमिशा तामाङ, अछामकी २३ वर्षीया दुतकला विक र नुवाकोटकी २१ वर्षीया अन्जना तामाङ पक्राउ परेका हुन् । काठमाडौं प्रहरीले आज पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको छ । 


उनीहरुले गैरकानूनी रुपमा चार दिन यता उपत्यकाका विभिन्न स्थानमा रहेका होटल रेष्टुरेण्टबाट रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट ५ लाख ८ हजार ६ सय ४० रुपैया बरामद गरिएको छ । उनीहरुले राजश्व कार्यालयको नक्कली कागजात समेत बनाएका थिए ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक