20221203

देश भनेको नक्सा मात्रै होइन, चार किल्ला मात्र होइन देश !

 जित्नु पर्ने थियो देशले, दुःखको कुरा देश निरन्तर हारिरहेको छ । अहिले भर्खरै सम्पन्न निर्वाचनमा पनि जीत आतङ्कवादका नायक प्रचण्ड, बारम्बार प्रयोग भएर नालायक सिद्ध भैसकेका देउवा, माकुने र ओलीहरूकै भयो । त्यस माथि नेपाल भन्ने देशलाई टुक्र्याउनु पर्ने माग गर्ने सिके राउतहरूको जीत बुझ्ने लाई ईशारानै काफी छ । केही युवाहरू आए, केही राम्राहरू पनि आए तर उनीहरू निर्णायक तहमा पुग्न सकेनन् । प्रचण्ड, देउवा, माकुने र ओलीहरू फेरी पनि डाडु पैन्यु लिएर बसेका छन् र देश झन् झन् अस्थिरता तर्फ उन्मुख छ । अब के खेल हुन्छ यसै भन्न सकिने अवस्था छैन । अब फेरी सांसद किनबेच, केन्द्र देखी प्रदेश सम्म सरकार निर्माणमा लेनदेन, यता र उताका खेल, झेल र भ्रष्टाचारका हद हरू नचाहेर पनि देख्नु पर्ने स्थिति आउँदै छ । देश श्रीलङ्का, अफगानिस्तानकै बाटोमा छ । मन्दीले देशलाई गाँजी सकेको छ । समग्रमा भन्नु पर्दा वर्तमान व्यवस्था र संविधान पूर्णतः असफल भैसकेका छन् । देश र परिस्थिति अनुसार अब विकल्पमा नजाने हो भने देश गयो बुझे हुन्छ । देश भनेको नक्सा मात्रै होइन, चार किल्ला मात्र होइन देश । के हाम्रो देश देश जस्तै छ त ?? ठन्डा दिमागले सोंचौं । सत्य तितो लाग्न सक्छ है !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक