20221221

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई भोली हुने सांसद सपथका लागि बाटो खुल्यो

 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई भोली हुने सांसद सपथका लागि बाटो खुलेको छ । सासंद बन्न अयोग्य रहेको भन्दै अदालतमा परेको रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासले दुवै पक्षलाई झिकाउने फैसला गरेसंगै लामिछानेलाई सपथको बाटो खुलेको हो । नागरिकता विवादमा मुछिएका लामिछानेको तर्फबाट बहस गरेका अधिवक्ता सुनील पोखरेलले सर्वोच्चको आदेशबारे जानकारी दिँदै सर्वोच्च अदालतले अन्तरिम आदेश दिने/नदिने भन्नेबारे निर्णय गर्न दुवै पक्षलाई बोलाएको बताउनुभयो । उहाँका अनुसार अन्तरिम र अन्तरकालीन आदेश पनि जारी नभएकाले भोलीहुने लामिछानेको सपथ नरोकिने भएको छ । लामिछानेको नागरिकता विवाद टुंगो नलागेसम्म सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक