20230101

आमाको नाममा यो बर्षको पहिलो छोँटो गद्य कविता !

आफ्नै पसिना र पाखुराको बल

बुद्धि र विवेकले आर्जेको फल
मलाई त्यत्ति मात्रै भए पुग्छ आमा
कसैको आँसु पिउनु नपरोस्
मेरो कारण कसैको आँसु नझरोस्
खान पुगोस्, दिन पुगोस्
तिमीले सिकाएको सत्यता र सदाचार,
तिमीले पढाएको नैतिकताको पाठ
तिमीले सम्झाएको अनुशासन र संस्कार
तिमीले घोकाएको मानवता र विश्वास
न त कहिल्यै टुट्न दिएँ आमा
न त कहिल्यै छुट्न दिएँ आमा
विश्वाश गर आमा,
पाउने छैन टुट्न र छुट्न भोली पनि
त्यसैले त शिर को टोपी जस्तै
उच्च छ तिम्रो छोराको शिर
झुक्न दिन्न आमा तिम्रो पनि शिर
लिनु पर्दैन आमा कुनै पनि पिर
हो आमा लिनु पर्दैन कुनै पनि पिर !
- रामप्रसाद खनाल, जनवरी १, २०२३ नव वर्षको दिन, भर्जिनिया अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक