20230122

५० लाख माग गरेका अपहरणकारीले जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या, गाडिएको अवस्थामा शव फेला

 जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हुन । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक नातेदारको घर गएका थिए । गत सोमबार विष्णुका परिवारलाई भारतीय नम्बरबाट अपहरणकारीले रु ५० लाख रकम माग गरेका थिए । विष्णुको परिवार अपहरणकारीलाई रु २० लाख दिन सहमत भएको उनको परिवारका एक सदस्यले बताए ।

अपहरणकारीले रु २० लाख लिएर सर्लाहीको मलङ्गवा नजिक नेपाल–भारत सीमा क्षेत्रमा बोलाएका थिए । यस’bout विष्णुको परिवारले प्रहरीलाई जानकारी गराएको थियो । “हामीले भारतीय प्रहरीलाई खबर ग-यौँ”, धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले भन्नुभयो– “भारतीय प्रहरीले दुई शव भेटेपछि आज हामीलाई खबर गरेको हो ।” भारत बिहारको सीतामढीमा खाडलमा गाडिएको अवस्थामा दुवै जनाको शव फेला परेको डिएसपी क्षेत्रीले बताए । हत्यामा संलग्न भएको आशङ्कामा भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीले पनि अन्य दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको डिएसपी क्षेत्रीले बताए ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक