20230121

रबीजी, ओली र प्रचण्डले आफूहरू असफल भएर तपाईँलाई सफल बनाउन उप-प्रधानमन्त्री र गृह मन्त्री बनाएका कदापि होइनन् !


 प्रिय मित्र रबीजी, ओली र प्रचण्डले आफूहरू असफल भएर तपाईँलाई सफल बनाउन उप-प्रधानमन्त्री र गृह मन्त्री बनाएका कदापि होइनन् । तपाईँलाई पनि राजनीतिक रूपमा डाम्ने र सिध्याउने खेल हो भन्ने कुरा मित्रले बुझ्नु भएकै होला । जब फरार अभियुक्त भनिने सांसदलाई तपाईँले पक्राउ गर्न निर्देशन दिएको छु भन्दै गर्दा ती कथित फरार अभियुक्त कसरी तपाईँसँगै एउटै लाइनमा बसेर सँसदमा भोट गर्न र सहभागी हुन सके ? यही बाट पुष्टि हुन्छ कि ओली र प्रचण्डले तपाईँलाई असफल बनाउन सुरु गरी नै सके ।  त्यस माथि गृह मन्त्रालयको यो विज्ञप्ति हेर्दा प्रहरीले तपाईँलाई नटेरेको, तपाईँको आदेश पालन नगरेको भन्ने देखियो । 

जनताले रबी लामिछाने सहित रास्वपाको टिम र राजेन्द्र लिङ्देन सहित रा.प्र.पा.को टिम बाट ठुलो आशा र भरोसा गरेका थिए तर प्राप्त नतिजाहरू सुखद छैनन् । मलाई लागेको कुरा, प्रचण्ड जस्तो अपराधीको नाइकेको नेतृत्वमा, ओली जस्ता धूर्तको जालमा परेर, यस्तो खिचडी सरकारमा तपाईँहरू सहभागी हुनु सानो होइन ऐतिहासिक भुल हो ।

 तपाईंहरुलाई असफल हुने कुनै छुट छैन तर सफल हुन यिनले दिँदै दिन्नन् लेखेर राख्नुस् । यो कुरा मैले सरकार बन्नु अघि देखी भन्दै र लेख्दै आएको छु । यहाँ त चिन्ता के भयो भने तपाईँहरू असफल हुनुभयो भने वैकल्पिक राजनीतिको धारमै प्रश्न उठ्ने भयो । देश र जनताले त्यस पछि कसलाई पत्याउने, कसरी पत्याउने भन्ने भन्ने जटिल मोड आउने भयो त,  कि कसो राजेन्द्र लिङ्देनजी ! - रामप्रसाद खनाल 



                     

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक