20230109

चीनको तेस्रो धेरै जनसंख्या भएको हेनान प्रान्तका झण्डै ९० प्रतिशत मानिसहरू कोभिडबाट संक्रमित !

 चीनको तेस्रो धेरै जनसंख्या भएको हेनान प्रान्तका झण्डै ९० प्रतिशत मानिसहरू कोभिडबाट संक्रमित भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । करिब ८ करोड ८५ लाख जनसंख्या रहेको प्रान्तका ९० प्रतिशत मानिसहरु कोभिड संक्रमित भएको प्रान्तीय अधिकारी कान क्वानचेङलाई उद्यृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीन सरकारले गत डिसेम्बरमा शून्य–कोभिड नीति फिर्ता गर्दै प्रतिबन्ध खुकुलो बनाएसंगै कोभिड १९ का केसहरु उच्च बनेको छ । 


कानले चीनको अघिल्लो शून्य–कोविड नीतिले संक्रमण न्युन बनाए पनि विगत केही सातादेखि हेनानमा ठूलो संख्यामा संक्रमण भएको हुन सक्ने बताउनुभएको छ । हेनान प्रान्तीय सरकारले सार्वजनिक गरेको कोभिड तथ्यांक भने विपरित छ । आधिकारिक तथ्यांक अनुसार कोभिड नीति परिवर्तन भएदेखि १ अर्ब ४ करोड जनसंख्या रहेको प्रान्तमा १ लाख २० हजार संक्रमित भएको र ३० जनाको मात्र मृत्यु भएको उल्लेख छ । अन्य स्थानीय र प्रादेशिक अधिकारीहरूले पनि तथ्यांक फरक उपलब्ध गराउँदै आएका छन् । हिजो मात्र चीनले सबै अन्तर्राष्ट्रिय आगमनहरूको लागि अनिवार्य क्वारेन्टाइन पनि हटाएको छ भने हङकङसंगको सीमा समेत खुलाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक