20230109

भारतको उत्तर प्रदेशमा लखनउ–आगरा ‘एक्सप्रेस वे’ मा सोमबार बिहान भएको सवारी दुर्घटनामा तीन जना नेपाली नागरिकको मृत्यु

 भारतको उत्तर प्रदेशमा लखनउ–आगरा ‘एक्सप्रेस वे’ मा सोमबार बिहान भएको सवारी दुर्घटनामा तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेहरु सबैजसो नेपाली नै हुन् । दुर्घटनामा कैलालीको टीकापुरका ५५ वर्षिय चन्द्र साउद, ४५ वर्षका ललित साउद र २० वर्षिया निर्मला बोहरा रहेको भारतस्थित नेपाली दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । राजकोट गुजरातबाट उत्तर प्रदेशको लखिमपुर खिरी जाँदै गरेको आरजे २७ पी ए ५७०६ नम्बरको बस दुर्घटनामा परेको हो । दिल्लीस्थित नेपाली दूतावासले घटनापछि उत्तर प्रदेशका प्रहरी प्रशासनसँग समन्वय गरेको जनाएको छ । दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी चतुर्वेदीले बसमा रहेका अधिकांश यात्रु नेपालको रहेको जानकारी आएको बताउनुभयो । तीब्र गतिमा रहेको बस बाक्लो कुहिरोमा अगाडिको टिपरसँग ठोक्किन पुगेको थियो । बसमा सवार अधिकांश नेपाली भारतमा पेसा, व्यवसाय र मजदुरी गर्दै आएकाहरु घर फर्किदै थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक