20230105

चीनलाई अस्पतालमा भर्ना भएका कोभिड–१९ का संक्रमित र मृत्युको थप भरपर्दो तथ्यांक उपलब्ध गराउन पुनः आग्रह

 विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनलाई अस्पतालमा भर्ना भएका कोभिड–१९ का संक्रमित र मृत्युको थप भरपर्दो तथ्यांक उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको छ । पश्चिमा मुलुकहरुले एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउन थालेपछि पछिल्लो समय चीनले तथ्यांक उपलब्ध गराउनै छोडेको छ । डब्लूएचओले कोभिडको यकिन तथ्यांक उपलब्ध गराउन चीनलाई यसअघि पनि ताकेता गर्दै आएको थियो ।  डब्लूएचओका प्रमुख गेब्रेयससले भन्नुभयो, हामीले चीनलाई अस्पतालमा भर्ना र मृत्युको थप व्यापक, वास्तविक र भरपर्दो डाटा, जानकारी साझा गर्न आग्रह गरेका छौँ । गत साता, विश्व स्वास्थ्य संगठनले चीनसँग उच्चस्तरीय बैठकमार्फत छलफल समेत गरेको थियो ।


शून्य कोभिडको नीतिलाई खुकुलो पार्दै चीनले यही जनवरी ८ बाट विदेशबाट आफ्नो मुलुकमा आउने यात्रुलाई क्वारेन्टिन बस्नु नपर्ने लगायत अन्य आन्तरिक प्रतिबन्ध नीतिमा पनि लचकता अपनाएको छ । सो पश्चात, पश्चिमा राष्ट्रसहित अन्य विभिन्न देशले पनि चीनियाँ यात्रुलाई कोरोना परिक्षण अनिवार्य गरेपछि चीन रुष्ट बनेको छ । पछिल्लो प्रतिबन्ध राजनीति प्रेरित भएको र आफूले त्यसको प्रतिवाद गर्ने उसले चेतावनी दिएको छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक