20230105

तराईमा चिसो र शितलहरका कारण जनजीवन कष्ठकर !


 तराईमा चिसो र शितलहरका कारण जनजीवन कष्ठकर बनेको छ । कठयांङग्रिदो चिसोका कारण चोक, बजार र बाटोमा सर्वसाधारणको आवतजावत निक्कै कम हुन थालेको हाम्रा सहकर्मीले जनाएका छन् । स्थानीय अस्पतालहरुमा ज्वरो र निमोनियाका विरामी बढेको तौलिहवा अस्पतालका मेडिकल अधिकृत डा. गणेश क्षेत्रीले बताउनुभयो । चार दिनदेखि चलेको शितलहर र हुुस्सुको कारण जनकपुरको जनजीवन अस्तव्यस्त बनेको छ । बालबालिका र बृद्ध बृद्धाहरु विरामी पर्न थालेका छन् । हवाई सेवा प्रभावित भएको छ । जनकपुरधाम उपमहानगर पालिका तीन दिनका लागी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जनकपुर प्रादेशिक अस्पतालका बाल रोग विशेषज्ञ डा.जामुनप्रसाद सिंहका अनुसार–जाडोको कारण बालबालिकाहरु शिताङ, कोल्ड डायरीया, निमोनिया लगायतका विरामीबाट प्रभावित हुन थालेका छन् । बृद्ध बृद्धाहरुमा दम, रुघा खोकी, वाथ, निमोनियाका लक्षण देखिन थालेका छन् । प्रादेशिक अस्पताल जनकपुरमा क्षमता भन्दा अधिक बालबालिका भर्ना रहेको सिंहको भनाई छ । बढ्दो जाडो र शितलहरलाई ध्यानमा राखी जनकपुरधाम उपमहानगर पालिकाले आजदेखि तीन दिनसम्मका लागी सामुदायिक विद्यालयहरुमा विदा दिने निर्णय गरेको छ । चौक चौकमा धुनी लगाउने व्यवस्था समेत गरेको छ ।

शितलहरसंगै चिसो बढेपछि बालबालिका विरामी हुन थालेपछि कपिलवस्तुका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । यशोधरा र शुद्धोदन गाउँपालिकाले आजदेखि आगामी ३० गतेसम्म जाडो बिदा दिएका छन् । कृष्णनगर नगरपालिकाले पनि भोलीदेखि आगामी ३० गतेसम्म विद्यालय बन्द गरेको नगर प्रमुख रजतप्रताप शाहले बताउनुभयो ।

सप्तरीमा खासगरि मजदुरी गरेर दैनिक जिबिकोपार्जन गर्नेहरुका लागि थप कष्टको अबस्था सृजना भएको छ । चिसोका कारण कामकाज ठप्प भएपछि न्यून बर्गीय परिवार सवैभन्दा बढी प्रभावित भएका छन् । विष्णुपुर गाउँपालिका २ जमुनीका ४७ वर्षिय प्रेम यादवको चिसोकै कारण मृत्यु भएको प्रहरी नायव उपरिक्षक नरेशकुमार सिंहले बताउनुभयो । गोठमा रहेको बाँसको मचानमा पराल ओछयाएर पातलो लुगा ओढी सुतेको अवस्थामा उनको मृत्यु भएको सिंहको भनाई छ । वालवालिका र बृद्धबृद्धा पछिल्लो समय अस्पताल आउने क्रम बढेको गजेन्द्र नारायणसिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकास साहले जानकारी दिनुभयो । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक