20230127

तीनवटा NRN भएर होइन, एउटै भएर सरकारसँग, संसदमा थिंकट्यांकको रुपमा दह्रो उपस्थिति जनाउ, ‘नाम मेरो सुब्बिनी, के खाएर उभ्भिनी ।’

- रामचन्द्र भट्ट 

‘एक पटकको नेपाली, सधैँको नेपाली’ - यो एउटा कर्णप्रिय स्लोगन मात्र हो । कानुन बन्नै बाँकी छ । एनआरएनका नेतृत्व र अभियन्ताहरुलाई दलहरु र सरकारले भैँसीको पिठ्युमा चढेर हरियो घाँसमा लोभ्याउँदै हिँडाएजस्तो गरिराखेका छन् । 

अदालतले भएको कानुनलाई व्याख्या, विश्लेषण गरेर तथ्य र तर्कका आधारमा फैसला गर्ने हो । नागरिकताको निरन्तरता, द्वैध नागरिकता राख्न पाउने व्यवस्था, विदेशमा नेपाली आमाबाउबाट जन्मिएका बच्चाहरुका सम्बन्धमा कानुनमा धेरै गर्नुपर्ने अवस्था छ । त्यसको लागि तीनवटा एनआरएन भएर होइन, एउटै भएर सरकारसँग, संसदमा थिंकट्यांकको रुपमा दह्रो उपस्थिति जनाउन सक्नुपर्छ । 

एनआरएन आफैँ फाली फुक्लिएको हलो जस्तो भएको छ । कोही शेरबहादुरको गोप्य अंग मालिश गर्न व्यस्त, कसैलाई ओलीलाई तेल लगाउनै फुर्सद छैन ।केहिलाई प्रचण्डलाई भेटेर चाकडी गर्दै नियुक्तिको च्यानल मिलाउदैमा खै फुर्सद ?

नत्र वर्षौदेखि एनआरएनलाई नेताहरुले दुहुनो गाई बनाइरहेका छन् । अझै बनाईरहनेछन् । अनि यस्तै मुद्धा, फैसला आउँदा अदालतलाई गाली दिइरहने अवस्थाबाट मुक्ति मिल्नेछैन ।

समस्या सरकारसँगको छ । संसदसँगको छ । अपुरो र आउटडेटेड कानुनसँगको छ । व्यक्तिको होइन, सिंगो सिस्टममा ओभरहलको जरुरी छ । ग्लोबल सिटिजनको अवधारणा अघि बढिरहेको समयमा नागरिकतालाई सधैँ राजनीतिक मुद्धा बनाइरहने, दया र माया गरेर दिएजस्तो बनाउने मुलुक नेपालमात्र हो । 

अमेरिकाले ५ वर्ष आफ्नो सिमानाभित्र वैधानिक रुपमा (ग्रीनकार्ड प्राप्त गरेर) बसेको जो कसैलाई नागरिकता दिएर स्वागत गर्छ । स्थलमा होइन, आफ्नो एअरस्पेशमा पैदा भएकोलाई ‘जन्मसिद्ध नागरिकता’ दिन्छ । तर नेपालले आफ्नो कानुनलाई समयानुकुल चेन्ज गर्न किन सक्दैन ? किनकी सबै दल, सरकार ‘नागरिकता’ को मुद्धा चर्काएर रोटी सेक्ने ध्याउन्नमा छन् । 

चित्र बहादुर केसीले उहिल्यै संबिधान सभामा बोलेको भाषण सम्झनामा आयो-‘नाम मेरो सुब्बिनी, के खाएर हो उभ्भिनी ।’

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक