20230215

कविता : प्रेम दिवश र प्रेम !

बुझेकै छौ नि प्रिय तिमीले मलाई 

म "प्रेम" गर्न फेब्रुअरी १४ कुर्दिन  

प्रदर्शन गर्ने बस्तु होइन प्रेम

फोटो पोस्ट्याउनै पर्ने हुँदैन प्रेम

अरूलाई देखाउनै पर्ने हुँदैन प्रेम 

अरूलाई देखाउन मात्र गरिँदैन प्रेम 

तर अहिलेको बजार जो छ नि प्रिय, 

फोटो पोस्ट्याउने हरूको छ 

नक्कले र नक्कलीहरूको छ 

"देखाउने" नक्कली दुनियाँको जो छ  

चाइनिज माल सामान जस्तै !

देख्दा राम्रो, सस्तो पनि..... 

तर के गर्नु प्रिय, 

मेड इन चाइना, आज छ भोलि छैन !! 

त्यसैले तिम्रो प्रेमी देखाउन प्रेम गर्दैन 

प्रेम गर्नेले बाहिर देखाउनै पर्दैन । 

- रामप्रसाद खनाल, फेब्रुअरी १५, २०२३

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक