20230214

चिनियाँ राष्ट्रपति सी चिन फिङले राष्ट्रिय जन कांग्रेस स्थायी समितिको निर्णयानुसार विभिन्न १० देशका लागि नयाँ राजदूत नियुक्त

 चिनियाँ राष्ट्रपति सी चिन फिङले राष्ट्रिय जन कांग्रेस स्थायी समितिको निर्णयानुसार विभिन्न १० देशका लागि नयाँ राजदूत नियुक्त गर्नुभएको छ । नवनियुक्त राजदूतहरूमा नेपालका लागि चेन सोङ नियुक्त हुनुभएको छ । त्यसैगरी सिरियाका लागि शि होङवेई, ट्युनिसियाका लागि वान ली, मध्य अफ्रिकी गणतन्त्रका लागि ली छिन्फेङ, सियरा लियोनका लागि वाङ छिङलाई राजदूत नियुक्त गरिएको छ । यस्तै, नामिबियाका लागि झाओ वेपिङ, नर्वेका लागि होउ युलाई नयाँ राजदूत नियुक्त गरिएको छ । यसैगरी इटाली र सान मारिनोका लागि जिया गाइडलाई, फिजीका लागि झोउ जियान र एल साल्भाडोरका झाङ यानहुईलाई राजदूत नियुक्त गरिएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक