20230314

लाल सलाम कमरेड !

नेताहरू आयो, हातमा पुस्तक थमायो

हारे हत्कडी जिते संसार भन्दै सम्झायो

पुस्तक पढ्दै गएँ,जोश उम्लेर आयो !

परिवार भनिन,पाटो बारी देखिन

आमाको अर्ती सुनिन, बाबाको कुरा मानिन

संसार नै मेरो, मेरो नै संसार भनियो

मरे वीर सहिद हुने, बाँचे महान योद्धा !

 बन्दुकको नाल उचालें, लागें युद्धको मैदानमा           

 युद्धमा भिड्दै थिएँ,किल्लामा लड्दै थिएँ,

 हुकुम आयो युद्ध समाप्त भयो भनेर 

महान उपलब्धि प्राप्त भैसकेको छ रे

उपलब्धिलाई रक्षा गर्न घरमा फर्किनु रे 

लड्दा लड्दै घरमा फर्काए 

 घर हेरें परिवार छैन, बारी हेरें लालपुर्जा छैन

भकारी हेरें अन्न छैन, खाट हेरें तन्न छैन 

मेरो त संसार भएन, संसारको म पनि भएन

 हिजो कमरेड मलाई खोज्दै आउँथे 

 आज म उनलाई खोज्दै गएँ 

 तिनतले महलको छत माथी देखें

सडक बाटै जोड्ले कराएँ

ओ…… !  कमरेड लाल सलाम म आएँ………………!!

 कमरेडले मलाई हेर्यो,जोडले भन्यो

सडकमा रहेछौ अझै सडक तताउ

माथिको सदन हामीले तताइ रा छु !!

भोको पेट नाङ्गो खुट्टा कहाँ जाउँ ?

  लुखुर लुखुर,सडक तताउदै फर्किंदै आएँ

सडकमा भेट्ने आफन्त सबै तर्किंदै गए

आँसु झर्‍यो, मुटु चसक्क चर्क्यो

भोक लागेर झोलामा हेरेको

 त्यही एउटा पुरानो पुस्तक  रहेछ

पुस्तक मात्रै मेरो, संसार सबै उनीहरुको भएछ !!

- मोहन लामा रुम्बाको फेसबुक वालबाट साभार  

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक