20230315

फेसबुक, इन्स्टाग्राम र हृयाट्सएपको मातृ कम्पनी मेटाले १० हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने घोषणा, ५ हजारको पद खाली हुने

 फेसबुक, इन्स्टाग्राम र हृयाट्सएपको मातृ कम्पनी मेटाले १० हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने घोषणा गरेको छ । कर्मचारी कटौतीको दोश्रो चरणको योजना अनुसार १० हजारलाई हटाउने निर्णय भएको मेटालाई उदृत गर्दै बीबीसीले जनाएको छ । मेटाले गत नभेम्बरमा पनि ११ हजार कर्मचारी कटौती गरेको थियो । मेटाका प्रमुख मार्क जुकरबर्गले निकै कठोर निर्णय गर्नुपरेको बताएका छन् । १० हजारलाई हटाएपछि ५ हजारको पद खाली हुने भएपनि त्यसलाई खाली नै राख्ने मेटाको योजना छ । सन् २०२२ मा घटेको ब्यापारका कारण खर्च कटौतीका निम्ति कर्मचारी हटाउने निर्णय गरेको जुर्कवर्गले बताएका छन् । 

सन् २०२२ को डिसेम्बरमा मेटा कम्पनीको कमाई ४ प्रतिशतले घटेको थियो । सन् २०२२ को तुलनामा यस वर्ष नाफा बढाउने योजना अनुसार कर्मचारी र खर्च कटौतीको निर्णय गरिएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकामा ब्याजदर उच्च हुनु, विश्वको भुराजनितिक अस्थिरता एवं नीतिगत कडाइ गर्ने विभिन्न देशको योजनाले मेटाको ब्यापारमा असर पुर्‍याएको कम्पनीको निष्कर्ष छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक