20230315

पाकिस्तानमा प्रहरी र प्रमुख प्रतिपक्षी दलका नेता इमरान खानका कार्यकर्ताबीच झडप, पक्राउका लागि गरेको प्रयास विफल

 पाकिस्तानमा प्रहरी र प्रमुख प्रतिपक्षी दलका नेता इमरान खानका कार्यकर्ताबीच झडप भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका खानलाई पक्राउ गर्ने क्रममा खानका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । खानका समर्थकले ढुंगा प्रहार गरेपछि स्थिति सामान्य बनाउन प्रहरीले अश्रुग्यासको प्रयोग गरेको थियो । लाहोरस्थित इमरान खानको घरमा यसअघि पनि प्रहरीले पक्राउका लागि गरेको प्रयास विफल भएको थियो । प्रधानमन्त्री पदमा रहँदा खानले प्राप्त गरेका उपहार विक्रि गरेको अभियोगमा प्रहरीले पक्राउ गर्न खोजेको हो । राजनितिक प्रेरित भएर सरकारले आफु विरुद्ध मुद्धा चलाएको खानले आरोप लागनउनुभएको छ । आगामि चुनावमा आफ्नो पार्टी तेहरिक ए इन्साफलाई सहभागी हुनबाट रोक्ने योजनाका साथ आफु विरुद्ध राजनितिक प्रेरित कार्बाहिको प्रयास भैरहेको खानको दाबी छ । पाकिस्तान सरकारले भने अदालतको आदेश बमोजिम खानलाई पक्राउ गर्न लागेको बताएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक