20230321

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता, जापानका प्रधानमन्त्री फुमियो किशिदाले युक्रेनको भ्रमण गर्ने

 
चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको छ । भेटका क्रममा युक्रेनमा शान्ति प्रक्रियाका बारेमा छलफल भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको युद्धमा चीनले आफूलाई तटस्थ रहेको बताउँदै आएको छ । यसैबीच जापानका प्रधानमन्त्री फुमियो किशिदाले युक्रेनको भ्रमण गर्ने भएका छन ।  मस्कोमा चीन र रुसका शीर्ष नेताहरुबीच वार्ता भइरहेका बेला जापानका प्रधानमन्त्री किशिदाको युक्रेन भ्रमणलाई महत्वका साथ हेरिएको छ । जापानका प्रधानमन्त्री किशिदाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसंग भेटवार्ता गर्ने तय भएको छ ।

यसैबीच रुसमा गाभिएको क्रिमियाको उत्तरी क्षेत्रमा भएको विस्फोटले रेलबाट ढुवानी गरिंदै आएको रुसी मिसाइलहरू ध्वस्त भएको युक्रेनको रक्षा मन्त्रालयले दाबी गरेको छ । रुसद्वारा स्थापित झान्कोई सहरका प्रमुखले सो क्षेत्रमा ड्रोनद्वारा आक्रमण भएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनले सो क्षेत्रमा विष्फोटको घोषणा गरे पनि पुष्टि भने हुन सकेको छैन । रुसले यसअघि पनि क्रिमियामा आक्रमणको सामना गरिसकेको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक