20230321

श्रीलंकाको आर्थिक संकट समाधानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३ अर्ब डलर ऋण सहयोग गर्ने


 श्रीलंकाको आर्थिक संकट समाधानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३ अर्ब डलर ऋण सहयोग गर्ने भएको छ । श्रीलंका सरकार र आईएमएफका प्रतिनिधिबीच एक बर्ष लामो वार्तापछि ऋण उपलव्ध गराउने सहमति भएको हो । श्रीलंकाली विदेशमन्त्री अलि साब्रीले राज्य नियन्त्रित संयन्त्रहरुको पुर्नगठन र राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी निजी क्षेत्रलाई दिने प्रारम्भिक योजनाको घोषणा गर्नुभएको छ । आईएमएफको ऋण सहयोगपछि पनि श्रीलंकाको गम्भीर आर्थिक समस्या भने जारी नै रहने विश्लेषण गरिएको छ । मुल्यवृद्धि ५० प्रतिशत सम्म पुगेको छ भने कर कटौतीको विषय चुनौतीपुर्ण बनेको बीबीसीले जनाएको छ । करमा भारी छुट दिने पूर्व सरकारको निर्णय, कोरोना महामारी, इन्धनको मुल्यवृद्धि जस्ता कारणले श्रीलंकाको अर्थतन्त्र डुबेको थियो । चीन र भारतबाट समेत ऋण सहयोगका लागि प्रतिबद्धता आएपछि आइएमएफले सो रकम दिने निर्णय गरेको हो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक