20230321

पाचौ वार्षिकोत्सव संम्पन्न, केसी डान्स सेन्टरले दियो सबैलाई धन्यवाद

 मार्च १८, २०२३ शनिवारको दिन स्प्रींगफिल्ड, भर्जिनियामा हामी केसी डान्स सेन्टरले हाम्रो पाचौ वार्षिकोत्सव संम्पन्न गर्यौ । कार्यक्रमलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्री कृष्ण धारावासी ज्युले पानसमा बत्ती बालेर उद्दघाटन गर्नु भएको थियो। वहाँले छोटो मिठो मन्तव्यमा हामी र हाम्रो बावु नानीहरुको बारेमा महत्वपूर्ण कुराहरु पस्किनु भएको थियो। आदरणीय बसन्त श्रेष्ठ ज्यु , खिलेन्द्र न्यौपाने ज्यु, डेविड कोईराला ज्यु, मेदिनी अधिकारी ज्यु, गोविन्द गिरी “प्रेरणा“ ज्यु, ददी ढुंगाना ज्यु, श्याम बजिमाया ज्यु, बिष्णु खरेल ज्यु, बासु सत्याल ज्यु, राम मिश्र ज्यु, अभिनेत्री सारंगा श्रेष्ठ ज्यु र मोडल रीमा केसी ज्यु वहॉहरु यस कार्यक्रममा उपस्थित भई हाम्रो र हाम्रा बाबु नानीहरुको हौसला बढाईदिनु भयो,धन्यवाद छ हजुरहरुलाई। 

विभिन्न संघ संस्थाका प्रमुख पदाधिकारीहरु र हाम्रो अत्यन्तै आदरणीय व्यक्तित्वहरुलाई बिशेष निमन्त्रणा पुगेता पनि कार्य व्यस्तता र बिशेष कारणले गर्दा उपस्थिति हुन सक्नु भएन। वहाँहरुको उपस्थिति नरहेता पनि वहाँहरुबाट माया, हौसला, सल्लाह, सुझाव पाई रहेका छौ यसको लागि हामी केसी डान्स सेन्टर ह्रदयदेखि धन्यवाद दिन चाहन्छौ।

कार्यक्रममा हामीसंग प्रशिक्षण लिई रहनु भएका सम्पुर्ण बाबु नानीहरुले अत्यन्तै राम्रो नृत्यहरु प्रस्तुत गर्नु भएको थियो। बाबु नानीहरुलाई धेरै धेरै माया, शुभकामना साथै धन्यवाद।

केसी डान्स सेन्टरलाई आजको यो अवस्था सम्म ल्याई पुर्याउन हर किसिमले लागि पर्नुहुने हाम्रा अत्यन्तै प्यारा, शुभ चिन्तक अनि आदरणीय सम्पूर्ण अभिभावकहरुलाई हामी दश औला जोडी नमन गर्दछौ।

हामीलाई प्रत्येक कार्यक्रममा चाहे त्यो ठुलो होस् या सानो सधै सहयोग गर्नुहुने प्रायोजकहरु सुरज बस्नेत (Zen Travels), दिपक शर्मा (Realtor,Onest) र अर्जुन दहाल (Tax, Health & Auto Insurance) सबैलाई बिशेष धन्यवाद दिन चाहन्छौ ।

कार्यक्रमका प्रस्तोताद्वय परशु तिमल्सिना र रिया श्रेष्ठ, Media तर्फ Enepalese ( विश्वराज थापा/ बिजय थापा), Technical तर्फ कृष्ण दहाल (Djsolkris), Stage Decoration तर्फ Super Moms, रुवीना श्रेष्ठ, जानका श्रेष्ठ, जया श्रेष्ठ, सुजना ढकाल, रेखा भण्डारी, लक्ष्मी रेग्मी, सम्झना खतिवडा, रवीन श्रेष्ठ, पद्ममा महर्जन, राजु श्रेष्ठ, राजीव श्रेष्ठ, नरेश खतिवडा, दिल कुमार श्रेष्ठ, युवराज ढकाल, सागर आचार्य, यमन श्रेष्ठ, दिपक शर्मा साथै सम्पूर्ण उपस्थित पाहुनाहरु र विश्वको कुना कुनामा बसेर Enepalese बाट हामीलाई प्रत्यक्ष हेर्नु भएका प्यारा दर्शकहरुलाई मुरी मुरी धन्यवाद दिन चाहन्छौ।

कार्यक्रममा अभिभावकहरुको तर्फबाट प्रवीन केसी र कलाकार सारंगा श्रेष्ठले आफ्नो मन्तव्य राख्नु भएको थियो।वहाँहरु प्रति आभार व्यक्त गर्न चाहन्छौ।

हाम्रो यस सेन्टरका दोश्रो व्याचका प्रशिक्षणार्थीहरु रीया श्रेष्ठ, आयूषा ढकाल र रोमा भण्डारीको उपस्थितिले हामीलाई हर्षित बनायो, धन्यवाद छ नानीहरुलाई। 

यो वर्ष हामी केसी डान्स सेन्टरले नेपाली समुदाय र केसी डान्स सेन्टरको हर क्रियाकलापमा बिशेष योगदान पुर्याए वापत आदरणीय यमन श्रेष्ठ ज्यु र दिपक शर्मा ज्युलाई ट्रफी, प्रमाणपत्र र खादा साथै सम्झना पराजुली खतिवडालाई प्रमाणपत्र र खादा ओढाई कार्यक्रमका प्रमुख अतिथिद्वारा सम्मान गर्न पाउँदा केसी डान्स सेन्टर एकदम हर्षित छ। वहाँहरु दुवैलाई उत्तरोत्तर प्रगतिको कामना साथै बधाई छ। 

हाम्रो यो पाचौ वार्षिकोत्सवमा हामीले प्रत्येक बर्ष मनोरंजन दिदै आएको विशुद्व मनोरंजनात्मक सांस्कृतिक कार्यक्रम “कलिवुड नाईट २०२३” को मिति, समय र स्थानको घोषणा गर्यौ। उक्त मिति अक्टोवर ७, शनिवार, समय साँझ ठिक ५ः३० बजे र स्थान Hylton Performing Arts Center, Manassas रहेको छ। युटाहबाट कलाकार जल शाह र कनेटिकटबाट कलाकार अमृत लामा ज्यूहरुले समेत शुभ कामना सन्देश पठाउनु भएको थियो वहॉहरु प्रति हार्दिक नमन।

अन्त्यमा, हजुरहरु सबैबाट सधै सल्लाह, सुझाव, माया अनि हौसला पाई राखौ यही हाम्रो अपेक्षा छ।

“तपाईहरुको उपस्थिती हाम्रो हौसला”

धन्यवाद 🙏🏽

केसी डान्स सेन्टर

Some Photos from program:




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक