20230304

दुर्गा प्रसाई र यिनको आन्दोलन: दालमे कुछ काला तो जरुर हे !


 प्रचण्डको असली छोरो हुँ म, प्रचण्ड मर्दा किरिया गर्छु भन्छन् । केपी ओली मेरो हजुर बा हो, वहाँलाई सबै थाहा छ, बताएको छु म के गर्दै छु भनेर भन्छन्, वहाँसँग सल्लाह गरेरै आन्दोलन सुरु गरेको हुँ पनि भन्छन् ।  म ज्यान दिन तयार छु ओलीका लागि पनि भन्छन् ।

 ओली र प्रचण्डलाई मार्सीको भात खुवाउने पनि यिनै हुन देखेकै हो । विगतमा माओवादी बनेर हिँडेको कुरा, भूमिगत भएर माओवादीको हत्या हिंसाको आन्दोलनमा सक्रिय भएको कुरा दुर्गा प्रसाई आफैले खुलेआम भन्ने गरेका छन् गोप्य छैन ।

 केही स्वतन्त्र भनिएका, चिनिने अनुहारहरू पनि दुर्गा प्रसाईको कार्यक्रममा संलग्न हुन थालेका छन् । राजा मात्र होइन राज परिवार लाई नै यिनै दुर्गा प्रसाईले आफ्ना कार्यक्रममा सवारी गराएर दीप प्रज्वलन गर्न पनि लगाए ।

 यथार्थ कुरा गर्दा दुर्गा प्रसाईका केही कुराहरू सुन्दा जायज पनि छन् जस्तै हिन्दू राष्ट्रको कुरा । संघियता खारेजीको कुरा आदी आदी । तर यिनका धेरै माग अराजक र पुरा हुनै नसक्ने खालका पनि लाग्छन् । हुन सक्ने कुरा पो गर्नु पर्छ भन्नु पर्छ । यिनका सेना, मार्च पास, भाषण, अन्तर्वार्ता, माग र तर्क हेर्दा सुन्दा यिनी पनि आफ्ना पुराना गुरु प्रचण्डको अराजकतावादबाट प्रेरित देखिन्छन् । दुर्गा प्रसाई आफैले भनेका छन् सार्वजनिक रूपमा कि - "अर्बौँ ॠण छ बैङ्कमा । अहिले सम्म जसो त्यसो किस्ता चलाएको छु अब के हुन्छ भन्न सक्दिन"  


यसो गहिरिएर कुरा बुझ्दा यिनले अरू त त्यस्तै हो बैङ्क, लघु वित्त र सहकारी डुबाउने भए, अर्को अराजकता सिर्जना गर्ने भए जस्तो छ । दुर्गाले २० लाख भन्दा मुनिका सबै ऋण मिनाहा गर्ने भनेर राखेको माग र ऋणी हरूलाई दिएको आश्वासन, बैङ्क, लघु वित्त र सहकारी बालाहरूलाई कालो मोसो दल्ने, खेद्ने जस्ता कुराहरू अराजकता मात्र हुन । यस्ता पुरा हुनै नसक्ने मागका पछि लागेर र यो अराजकताले कति सोझा साझा निर्दोष सिकार बन्ने हुन आगामी दिनले देखाउला । यो हेर्न धेरै दिन कुर्नु पर्ने छैन ।

यिनको बोली भाषा, यिनका बिज्ञप्ती, यिनका तर्क हेर्दा सुन्दा यिनले राम्रो मान्छेसँग सल्लाह गरेर पनि बोल्छन लेख्छन बिज्ञप्ती सार्वजनिक गर्छन् जस्तो देखिन्न । 

अझ आठौँ आश्चर्यको कुरा त दुर्गा प्रसाइको केही दिन अघिको मेचीको कार्यक्रममा राज परिवारको सवारी । कुन कुन धुन्धुकारीहरुले कसरी फसाए होलान् राज परिवारलाई ? राज परिवारको त्यो सवारीले राजा र राजसंस्थाको पक्षपातीहरूलाई धेरै कुरामा माइनसमा लगेको छ । त्यो सवारी ऐतिहासिक भुल थियो । अब देखी यस्तो देख्न नपरोस् भन्दै छन् स्वयम समर्थकहरू पनि ।  

  हुन त नेपाल यस्तो देश हो, जहाँ यस्तै नहुने कुरा गर्ने मान्छे, अराजकता फैलाउने मान्छे, हत्या आतङ्क मच्चाउने मान्छे नै नेता, मन्त्री, प्रधानमन्त्री हुने, शासन चलाउने देश हो क्यारे, के भर भो र ! सत्र हजारको जमाना जो छ !

तर पनि जोड दिएर भन्न मन लाग्छ - अराजकताले समाधान ल्याउँदैन । अराजकता समाधान हुँदै होइन त्यो जो सुकैले अँगालोस ।   


राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरु पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राख्दै हिँजोको काठमाडौंको कार्यक्रम मा दुर्गा प्रसाईले राजतन्त्र जिन्दावादको नारा नलगाउन कार्यक्रममा सहभागीहरुलाई आग्रह गरेको समाचार पनि बाहिरिएको छ । दुर्गा प्रसाईको पछि लाग्ने र यस्ताले ल्याइदिने राजसंस्था कस्तो हुने होला भन्दै कार्यक्रममा सहभागी हरु नै उनको आग्रह बिपरित नारा लगाएको एक सहभागीले बताए ।  

सत्य बोल्न मन लाग्ने तर सत्य कुरा पच्ने जमाना छैनन् यो पनि थाहा छ । लौ भन्नेले जे सुकै भनुन् आफ्नो स्वाभिमान भन्दा ठुलो अरू के हुन्छ र बोलियो, लेखियो मनमा लागेको कुरा ।  - रामप्रसाद खनाल  

      ************************* 

यस्तै छ यहाँको चलन !

 बोक्छन् अपराध र अपराधीहरूका सरदारलाई 

बिपी, गणेशमान र किशुनजीका अनुयायीहरू 

काँध कुहिन्जेल, डुङ् डुङी गनाउन्जेल,

एक पटक मात्र कहाँं हो र, पटक पटक

जान्छन् शती उनैको, मान्छन् जे जे भन्छन् उनैको 

हेग पुर्‍याउनु पर्ने र झुन्ड्याउनु पर्ने थियो उनलाई 

तर झुन्ड्याइरहेका छन् उनैले नेपालमै हेग बनाएर 

एक पटक मात्र होइन होइन पटक पटक

मरिरहेका छन् बिपी, गणेशमान र किशुनजीका अनुयायीहरू

पहिला घाँटी रेटिएर, सरदारकै ठाडो आदेशमा 

अहिले दिमाग मेटिएर, सरदारकै ठाडो आदेशमा

यस्तै छ यहाँको चलन, को बुझ्छ जनताको आत्मदाह को जलन !


बोक्छन् अपराध र अपराधीहरूका सरदार लाई 

पुष्पलाल, मनमोहन, मदन, आश्रितका अनुयायीहरू 

काँध कुहिन्जेल, डुङ् डुङी गनाउन्जेल,

एक पटक मात्र कहाँं हो र, पटक पटक

जान्छन् शती उनैको, मान्छन् जे जे भन्छन् उनैको 

हेग पुर्‍याउनु पर्ने र झुन्ड्याउनु पर्ने थियो उनलाई 

तर झुन्ड्याइरहेका छन् उनैले नेपालमै हेग बनाएर 

एक पटक मात्र होइन होइन पटक पटक

मरिरहेका छन् पुष्पलाल, मनमोहन, मदन, आश्रितका अनुयायीहरू 

पहिला घाँटी रेटिएर, सरदारकै ठाडो आदेशमा 

अहिले दिमाग मेटिएर, सरदारकै ठाडो आदेशमा

यस्तै छ यहाँको चलन, को बुझ्छ जनताको आत्मदाह को जलन !


बोक्छन् अपराध र अपराधीहरूका सरदार लाई 

हिन्दु धर्म, राजा देखी वैकल्पिक शक्ति हौँ भन्ने अनुयायीहरू 

काँध कुहिन्जेल, डुङ् डुङी गनाउन्जेल,

एक पटक मात्र कहाँं हो र, पटक पटक

जान्छन् शती उनैको, मान्छन् जे जे भन्छन् उनैको 

हेग पुर्‍याउनु पर्ने र झुन्ड्याउनु पर्ने थियो उनलाई 

तर झुन्ड्याइरहेका छन् उनैले नेपालमै हेग बनाएर 

एक पटक मात्र होइन होइन पटक पटक

मरिरहेका छन् राजा, राजसंस्था, हिन्दु अनुयायीहरू 

पहिला घाँटी रेटिएर, सरदारकै ठाडो आदेशमा 

अहिले दिमाग मेटिएर, सरदारकै ठाडो आदेशमा

यस्तै छ यहाँको चलन, को बुझ्छ जनताको आत्मदाह को जलन !


  - रामप्रसाद खनाल, मार्च १, २०२३ 

********

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक