20230304

लोकतन्त्र तपाईँहरूको सत्ता प्राप्तिको लागि मात्र थियो त ?

 - विजय राज बिष्ट 

निर्वाचन सुम्पन भयो, म एक काङ्ग्रेस को कार्यकर्ता त्यही माथि माओवादी को हिंस्रक युद्ध मा माओवादी बाट हत्या गरिएको काङ्ग्रेस नेता स्व भैरव राज विष्ट को छोरा भएको नाताले काङ्ग्रेस को माया लाग्नु , काङ्ग्रेस सङठन बिग्रेकोमा चिन्ता लाग्नु स्बभाबिक नै थियो । हाल निर्वाचन हुँदा गठबन्धन भयो गठबन्धन को सङ भन्दा ती नै जत्था जो हिजो युद्ध भन्दै हाम्रा अभिभावक विशेष गरी  काङ्ग्रेस का नेता कार्यकर्ता खोजी खोजी काट्दै मार्दै हिँड्थे ,।हिजो  काङ्ग्रेस हुँदा मारिएका नेता कार्यकर्ता उहाँ हरू आज काङ्ग्रेस का नेता ज्यु हरू ले  भुल्दा दुख लाग्यो अनि सोचे स्व कृष्ण प्रसाद भट्टराई ,स्व गणेशमान सिंह हरू अट्न नसकेको काङ्ग्रेस मा म जस्ता केही काङ्ग्रेस अट्न नसक्नु अनौठो लागेन  तर राजनीति कति घृणित भएछ भन्ने नजिक बाट जान्ने र बुझ्ने मौका मिल्यो । भाषण को   क्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई हँसिया- हथौडा चुनाव चिन्ह बाट नतर्सन सुझाव दिनु भयको सुने अनि लज्जा लाग्यो । तपाईँ केन्द्र मा बसेर राजनीति गर्नु भो माओवादी को हत्याहिंसा तपाईँ र तपाईँ को परिबार ले भोग्नु नै भएन अनि तपाईँ तर्सिनु पर्ने कारण थिएन ।गुट आसेपासे र नातावाद बाट माथि उठ्न नसक्ने हजुर ले कहिल्यै हामी जस्तो पीडित परिबार को बारेमा न बोल्नु भो न न्याय को लागि पहल नै गर्नु भयो ? तपाईँ का क्षणिक पद का लागि हामीले त्यत्रो जघन्य हत्याहिंसा सहन पर्ने भुलिदिन पर्ने हुन्छ र नेता ज्यु  ? काङ्ग्रेस लोकतान्त्रिक दल नि भन्ने ,राजा , ले पञ्चायत कालमा यति वर्ष जेल हाले भन्ने हाल सो बेला आफूले भोगेका ,पाएका दुख कष्ट सब भाषण मा सुनाउने अनि माओवादी को जघन्य हत्याहिंसा अपराध चाहिँ बिर्सन पर्छ भनेर हुन्छ ? बिर्सन पर्ने भय पञ्चायत कालमा जेल नेल बसेको तपाईँ ले बिर्सिदिने ,केपी बलि ले संसद् विघटन गरेको बिर्सिदिए हुन्थेन नेता ज्यु ?  

माओवादी सङ काङ्ग्रेस को झन्डा गाँस्दा  ,उनी हरूको  गाना गाउँदा तपाईँ हरूको व्यक्तिगत स्वार्थ भन्दा अरू के के मिल्यो प्रस्ट भन्न सक्नु हुन्छ त  ?हँसिया-हथौडाको वरिपरि लोकतन्त्रको गोलो घेरा लागेको भन्ने नेता ज्यु के त्यो लोकतन्त्र तपाईँ हरूको  सत्ता प्राप्ति को लागि मात्र थियो त ?

"शहीद सम्झेर एमाले ले राजावादी लाई बोक्न छाड्नुपर्छ। भन्ने कृष्ण प्रसाद सिटौला के तपाईँ हरू ले आफ्ना हजारौँ आफ्ना निर्दोष कार्यकर्ता को हत्या गर्ने माओवादी बोक्दा आफू कहिल्यै याद गर्नु भयो क्षणिक स्वार्थ को लागि अपराध को भारी बोक्दै छु भनेर ?  १७ औँ हजारको निहत्था नागरिक को हत्या , लाखौँको बिचल्ली , आफैले तोकेको टाउकाको मोल ... बिर्सँदै काँग्रेस ले भने माओवादी लाई बोकी रहनु पर्छ..?आफ्ना नेता तथा कार्यकर्ता लाई  खेलौना सम्झिनु भो ? चोट अभिमान गाली र दण्ड काङ्ग्रेस मा  आस्थाको कारण कार्यकर्ता ले नै भोग्नु परेको  दुख बिर्सनु पनि भयो । वामपन्थी हरू स्वार्थ पूरा गर्न जे पनि गर्छन् भन्ने उदाहरण गएको स्थानीय निर्वाचन भएपछि प्रस्टै थियो आजको जनता कसैको दासत्व पक्कै मान्दैनन् घरमा आगो लगाएर गोठमा सुत्केरी स्याहार्ने स्थिति आयो । हजुर प्रजातन्त्रले दिएको मौलिक हक अधिकार स्वविवेकले प्रयोग गर्ने स्थिति हरायो विगतमा पाएको अपमान गाली र धोका सबै भुले ।

काङ्ग्रेस भन्ने नि माओवादी हो ,माओवादी भन्ने नि काङ्ग्रेस हो भन्ने रामहरि खतिवडा को भाषण सुने ।नेपाली काङ्ग्रेस जिल्ला पाटी कार्यालय मा माओवादी बाट हत्या गरिएको आफ्ना नेता तथा कार्यकर्ता को तस्बिर मा हसिया हतौडा को झन्डा ले छोपेको पनि देखे ।

अनि काङ्ग्रेस हुनु हीनताबोध भयो  । होला आज माओवादी को बोकेर तपाईँ हरू जित्नु होला तर बिपी को वाद ले जितेन ,बिपी को निष्ठा र आदर्श ले जितेको देखिन । के बिपी को वाद निष्ठा सब भाषण गर्न मात्र बनेको हो त ?

यदि तपाईँ हर्को माओवादी सङ सबै नीति सिद्धान्त मिल्छ भने गठबन्धन को नाटक मञ्चन गर्ने होइन  पाटी एकता गर्ने हो । होइन भने गठबन्धन को नाममा थप पीडा दिने काम ले आम काङ्ग्रेस मात्र को कार्यकर्ता को शिर झुकाएकै छ । आफ्ना मारिएका नेता कार्यकर्ता लाई न्याय दिन नलागेर तिनै जत्था बोकेर उनैको गाना बजाएर हिँडेको देख्दा आम काङ्ग्रेस मात्र को कार्यकर्ता हरू लज्जित छन् ।

इतिहासलाई बिर्सने,लाञ्छित गर्ने, भत्काउने र विकृत बनाउनेहरूले इतिहास निर्माण गर्न सक्दैनन् I इतिहास सराप्नलाई होइन,सिक्नलाई हो Iव्यक्तिगत स्वार्थ को लागि आफ्नो चुनाव चिन्ह देखि पाटी को झन्डा बिपी को वाद नै लिलाम गर्ने ,बिपी को गाना होइन माओ को गाना गाउने , हसिया हतौडा मा मत दिन आनाकानी गर्न हुन्न भन्ने हसिया हतौडा मा मत दिन सिकाएर कस्तो काङ्ग्रेस बनाउने हुन  बुझ्न कठिन लाग्यो । के राजनीति सत्ता प्राप्ति को लागि  मात्रै हो ?,माओवादी को जघन्य हत्याहिंसा बिर्सन सकिने घटना हो र ? तपाईँ हरू जेल नेल बसेको अझ सम्म गाना गाउने माओवादी को जघन्य हत्याहिंसा चाहिँ बिर्सन पर्ने अनि उनै लाई मत दिन उर्दी गर्न लज्जास्पद भएन र ?

पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको हो । ‘यहाँ मुलुकको सुशासन कायम गर्ने अनुहार छ  भनेको सुनियो तर मैले व्यवस्था बदलिए पनि अवस्था बदलिएको देखिन ।अब   अवस्था  व्यवस्था बचाएर  मुलुकलाई अगाडि बढाउने नेता को आवश्यकता हो ।तपाईँ हरू सधैँ पदमा बसेर न पाटीको अवस्था बदलियो न देश को नै ? अवस्था त तपाईँ का परिबार का आसेपासे र केही भजन मन्डली को भन्दा कसैको बदलिएको पाइएन नेता ज्यु ?

काङ्ग्रेस सबै लाई जोड्न सक्नु पर्छ ।

तर 

चोर लाई नजोडोस्  ,गुन्डा लाई नजोडोस् ।

अपराधी  लाई नजोडोस् ।

जोड्नु छ त पीडित जनता लाई जोडोस् ।

न्याय नपाएका गङा माया जस्ता हजारौँ आमा ,लाई जोडोस् ।न्याय का भिख मागेका आम जनता लाई जोडोस् ।अपाङ्ग ,दलित , जघन्य हत्याहिंसा पीडित जनका परिबार ,पिछडिएका वर्ग का जनता , सबै लाई जोडोस् ।त्यस पछि काङ्ग्रेस लाई कुनै एकता भय नि खास फरक राख्दैन । किनकि डेमोक्रेटिक शक्ति यस्तो शक्ति हो जुन शक्ति कहिल्यै कमजोर हुँदैन । यो शक्ति कमजोर हुनु राज्य कमजोर हुनु हो ।होला यसका नेता मा कमी कमजोरी छ नै ,नेता ज्यु सच्चिनु जरुरी छ ।नातावाद र क्रुपाबाद बाट माथि उठ्नु जरुरी छ  अनि मात्र काँग्रेस सबै  लाई जोड्ने बन्न सक्छ ।

चुनाव त जित्नु भयो  त्यो आफ्नो ठाउँमा छ तर जनमानसमा पार्टी प्रति को विश्वास फेरि जिताएर देखाउनुस् अनि मात्र काङ्ग्रेस ले जितेको हुनेछ 

अब आउने निर्वाचन  हरुवा काङ्ग्रेस ले कसै को बैसाखी नटेकी जनता माझ जान सक्ने बनाउनु होला त्यसरी नै काम गर्नु होला ।

होइन भने बिचार नमिल्ने ,सङ सधैँ गठबन्धन गरेर जाने हो भने तपाईँ हरू मोटाउने दल दुब्लाउने निश्चित छ आम कार्यकर्ता को भावना नबुझी गरिएको गठबन्धन टिकाउ हुँदैन र नस्ले पाटी लाई हित गर्दैन । आफू कमजोर हुँदा मात्र लट्टी को सहारा लिने हो , दल लाई कमजोर बनाएर बिना लट्टी हिँड्न नसक्ने बनाउने प्रमुख दोषी तपाईँ हरू नै होइन र ?  हाल तपाईँ हरू ले जित्दै गर्दा समानुपातिक मत किन घट्यो त्यस्ता चासो चिन्ता गर्नुस् ,तपाईँ हरू सधैँ अपराध को भारी बोकेर राष्ट्रपति प्रधानमन्त्री खादैमा देश मा शान्ति होला स्थिरता होला भन्ने मलाई लाग्दैन ।

सबै भन्दा ठुलो धर्म मानव धर्म  हो मानवता नै लिलाम गरेर तपाईँ हरू ले गरेको राजनीति घृणित छ । तपाईँ हरू लाल सलाम भन्न सक्दा आम कार्यकर्ता लाल सलाम भन्न सक्दैनन् किनकि उहाँ हरूको जय नेपाल मा लगानी छ रगत पसिना  भिजेको छ । प्रचण्ड ले जय नेपाल भने भन्दैमा उनले गरेको जघन्य अपराध  माफी मिल्ने हो त ? तपाईँ  हरू स्वार्थ को लागि जे भन्न नि ,जे  गर्न नि तयार हुनुहुँदो रहेछ भन्ने प्रमाणित भएन र ? हाल को निर्वाचन मा नागरिक लाई चासो देखिएन उल्लास देखिएन त्यो उल्लास नदेखिनु को कारक नै तपाईँ हरू हो त्यो बुझ्न जरुरी छ । देश नियम ले चल्ने हो कानुन ले चल्ने हो शक्ति ले पद ले होइन त्यो बुझ्न जरुरी छ । पद र शक्ति सधैँ एकै व्यक्ति को हातमा हुँदैन त्यसैले पद र शक्ति लाई दुरुपयोग गर्ने काम नगरौँ । आम कार्यकर्ता को भावना माथि कुठाराघात गर्ने काम नगरौँ ।

काङ्ग्रेस ले निर्वाचन मात्रै पनि  हैन राजनीति जित्न पर्छ  जनता को मन जित्न जरुरी छ । - भरतपुर 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक