20230304

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन पश्चात रिक्त हुने निर्वाचन क्षेत्र लगायत सबै स्थानमा एकै पटक उपनिर्वाचनका गर्ने तयारी

 प्रतिनिधि तथा प्रदेशसभामा रिक्त हुने सबै क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तयारी भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन पश्चात रिक्त हुने निर्वाचन क्षेत्र लगायत सबै स्थानमा एकै पटक उपनिर्वाचनका गर्ने तयारी भइरहेको आयोगका सह प्रवक्त सुर्य प्रसाद अर्याललले बताउनुभयो । नागरिकका वैध नभएपछि चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भएको थियो । त्यस्तै, मनाङबाट निर्वाचित टेक बहादुर गुरुङले भ्रष्टाचार गरेको प्रमाणित भएसँगै उनको समेत सांसद पद खारेज भएको छ । यस्तै, राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएसँगै सम्बन्धित सांसदले पदबाट राजीनामा दिनुपर्ने क्षेत्रमा समेत एकै पटक उपनिर्वाचन निर्वाचन गरिने आयोगको भनाई छ ।

यसैविच, प्रतिनिधिसभाको समानुपातिक सांसद शहनाज रहमानको मृत्युभएसँगै सो स्थानमा समानुपातिक बन्द सूचीबाट अर्को सांसद पठाउने तयारी भएको जसपाले जनाएको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सय ६५ तथा समानुपातिक तर्फ १ सय १० जना सांसद निर्वाचित भएका हुन् ।

 उता भावी राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई जिताउन नेपाली कंग्रेस नेतृत्वको गठबन्धन र एमालेले कसरत शुरु गरेका छन् । कंग्रेस नेतृत्व ८ दलीय गठबन्धनले काठमाडौंमा आज प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुको भेला गरी साझा उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन एकतावद्ध भएर लाग्न आग्रह गरेको छ । सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कंग्रेसका सभापति शेरवहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रपतिका उम्मेदवार पूर्व सभामुख पौडेल लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा बोल्दै कंग्रेस सभापति देउवाले पौडेल राष्ट्रपतिमा निर्वाचित भए विगतमा जस्तो संविधान उल्लंघन नहुने बताउनुभयो । 

प्रधानमन्त्री दाहालले भने एमाले अध्यक्ष केपी ओलीले संसद विघटनबारे दिएको अभिव्यक्तिले आफूहरु झस्किएको र नयाँ गठबन्धन बनाएको बताउनुभयो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने भावी राष्ट्रपतिले संविधानको रक्षालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । यसैबीच, नेपाली कंग्रेसले राष्ट्रपतिका लागि पौडेलको पक्षमा समर्थन जुटाउन गठबन्धन बाहिरका दलहरुलाई औपचारिक पत्र समेत पठाएको छ । त्यस्तै, राष्ट्रपतिका उम्मेदवार पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरिरहेको बताइएको छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक