20230304

अमेरिकाका राष्ट्रपति जो बाइडेन र जर्मनीका चान्सलर ओलाफ स्कोल्जबीच वासिङटनमा भएको भेटवार्तामा रुस विरुद्ध थप कडाइ गर्ने समझदारी

 अमेरिका र जर्मनीले रुस विरुद्ध थप कडाइ गर्ने समझदारी गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र जर्मनीका चान्सलर ओलाफ स्कोल्जबीच वासिङटनमा भएको भेटवार्तामा सो समझदारी भएको छ । त्यस्तै, रुसलाई कुनै कसिमको सैन्य सहयोग गरेमा चीन विरुद्ध समेत प्रतिवन्ध लगाइने युरोपियन युनियम ईयुले जनाएको छ । यसैविच, अमेरिकाले युक्रेनलाइ थप ४० करोड डलर बराबरको सैन्य सामाग्री सहयोग गर्ने भएको छ । रुस विरुद्ध लड्न थप मनोबल बृद्धिका लागि सो सहयोगको तयारी गरिएको अमेरिकाले जनाएको छ । चीनले रुसलाई सैन्य सामग्री उपलब्ध गराउने तयारी गरेसँगै अमेरिका र जर्मनीका नेताबीच रुस विरुद्ध थप रणनीति तयका लागि भेटवार्ता भएको जनाइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक