20230305

सर्वोच्च अदालतको पछिल्लो र सामान्य आदेशबाट अत्तालिएका माओवादीहरु ९ पार्टीका माओवादी पिछलग्गुहरुलाई जम्मा पारेर प्रेस बिज्ञप्ती जारी समेत गरिसकेछन !


 प्रचण्ड र बाबुरामहरू आतङ्ककारी हत्यारा होइनन् भनेर सुनपानी हालेर चोख्याउन खोज्दैमा चोखिने वाला छन् र ? सत्र हजार भन्दा बढीको रगत को खोलो बगाउने, हजारौँ लाई बेपत्ता पार्ने, अपहरण गर्ने, चन्दा आतङ्क मच्चाउने, लुटेर, कुटेर खाने यी अपराधीहरू नेपालमा त काँग्रेस, एमालेहरू हिजडा बनेर यिनैलाई पालै पालो बोक्न लागेकाले अहिले सम्म बँचिरहेका छन् । समय बलवान हुन्छ कुनै दिन यिनीहरू नेपाल मै पनि र नेपाल मा सम्भव नभए हेग स्थित अन्तर्राष्ट्रिय अदालतको कठघरामा उभिनै पर्ने छ । त्यो बेला ओली वा देउवाले पनि बँचाउन सक्ने छैनन् ।

 अनलाइन खबरमा कृष्ण ज्ञवाली लेख्छन - "सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी बनाइएको र संक्रमणकालीन न्यायको याचना गरिएका दुई रिट निवेदन दर्ता गर्न आदेश के दिएको थियो, माओवादीका अनेक हाँगाबिँगा रातारात राजधानीमा भेला हुन पुगिहाले । माओवादी त के, नरमपन्थी कम्युनिष्ट समेत हुन अस्वीकार गरेका बाबुराम भट्टराईदेखि ‘प्रचण्डले अधुरो छाडेको जनयुद्ध’ पूरा गर्ने भन्दै हिँडेका नेत्रविक्रम चन्द विप्लवसमेतलाई सर्वोच्चको त्यही आदेशले छिनको छिन सगोलमा भेट गरायो । उनीहरुले एक अर्काप्रति असीम स्नेह दर्शाए । र, न्यायालयमाथि गाली बर्साए । माओवादीबाट एक दशकअघि प्रधानमन्त्री बनेका, हाल नेपाल समाजवादी पार्टीमा अध्यक्ष रहेका बाबुराम भट्टराईले समेत बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने प्रयास भएको भन्दै आपत्ति जनाएका थिए । अर्थात् उनको तर्कलाई मान्ने हो भने बहालवाला पदमा आसीन हुनु भनेको आम नागरिकभन्दा न्यायको दृष्टिमा केही विशेष हुनु हो ।"

सर्वोच्च अदालतको पछिल्लो र सामान्य आदेशबाट अत्तालिएका माओवादीहरुले आज राष्ट्रपतीको निर्वाचनको बहानामा ९ पार्टीका माओवादी पिछलग्गुहरुलाई जम्मा पारेर प्रेस बिज्ञप्ती जारी समेत गरिसकेछन । यसै बाट थाहा हुन्छ आतङ्ककारी हत्याराहरु र यिनको पछि लाग्दै तर मार्न पल्किएकाहरु कती त्रसित छन भन्ने कुरा । एकदिन कठघरामा उभिनै पर्ने छ चेतना भया ।  

************************

यस्तै छ यहाँको चलन !


 बोक्छन् अपराध र अपराधीहरूका सरदारलाई 

बिपी, गणेशमान र किशुनजीका अनुयायीहरू 

काँध कुहिन्जेल, डुङ् डुङी गनाउन्जेल,

एक पटक मात्र कहाँं हो र, पटक पटक

जान्छन् शती उनैको, मान्छन् जे जे भन्छन् उनैको 

हेग पुर्‍याउनु पर्ने र झुन्ड्याउनु पर्ने थियो उनलाई 

तर झुन्ड्याइरहेका छन् उनैले नेपालमै हेग बनाएर 

एक पटक मात्र होइन होइन पटक पटक

मरिरहेका छन् बिपी, गणेशमान र किशुनजीका अनुयायीहरू

पहिला घाँटी रेटिएर, सरदारकै ठाडो आदेशमा 

अहिले दिमाग मेटिएर, सरदारकै ठाडो आदेशमा

यस्तै छ यहाँको चलन, को बुझ्छ जनताको आत्मदाह को जलन !


बोक्छन् अपराध र अपराधीहरूका सरदार लाई 

पुष्पलाल, मनमोहन, मदन, आश्रितका अनुयायीहरू 

काँध कुहिन्जेल, डुङ् डुङी गनाउन्जेल,

एक पटक मात्र कहाँं हो र, पटक पटक

जान्छन् शती उनैको, मान्छन् जे जे भन्छन् उनैको 

हेग पुर्‍याउनु पर्ने र झुन्ड्याउनु पर्ने थियो उनलाई 

तर झुन्ड्याइरहेका छन् उनैले नेपालमै हेग बनाएर 

एक पटक मात्र होइन होइन पटक पटक

मरिरहेका छन् पुष्पलाल, मनमोहन, मदन, आश्रितका अनुयायीहरू 

पहिला घाँटी रेटिएर, सरदारकै ठाडो आदेशमा 

अहिले दिमाग मेटिएर, सरदारकै ठाडो आदेशमा

यस्तै छ यहाँको चलन, को बुझ्छ जनताको आत्मदाह को जलन !


बोक्छन् अपराध र अपराधीहरूका सरदार लाई 

हिन्दु धर्म, राजा देखी वैकल्पिक शक्ति हौँ भन्ने अनुयायीहरू 

काँध कुहिन्जेल, डुङ् डुङी गनाउन्जेल,

एक पटक मात्र कहाँं हो र, पटक पटक

जान्छन् शती उनैको, मान्छन् जे जे भन्छन् उनैको 

हेग पुर्‍याउनु पर्ने र झुन्ड्याउनु पर्ने थियो उनलाई 

तर झुन्ड्याइरहेका छन् उनैले नेपालमै हेग बनाएर 

एक पटक मात्र होइन होइन पटक पटक

मरिरहेका छन् राजा, राजसंस्था, हिन्दु अनुयायीहरू 

पहिला घाँटी रेटिएर, सरदारकै ठाडो आदेशमा 

अहिले दिमाग मेटिएर, सरदारकै ठाडो आदेशमा

यस्तै छ यहाँको चलन, को बुझ्छ जनताको आत्मदाह को जलन !


  - रामप्रसाद खनाल, मार्च १, २०२३ 

********

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक