20230305

मन्त्री रेखा शर्माले विज्ञप्ति निकालेर पूर्व प्रधानमनत्री केपी शर्मा ओलीको भनाइ भनी सञ्चार माध्यममा सार्वजनिक समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण

 यस अघि एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका थिए । मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको आरोप छ । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी गरे । ‘विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो,’ ओलीले, ‘जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय । भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरु मात्रै बस्छन त्यहाँ । र, यो एउटा बुहतै खतरनाक कुरा हो ।’

भारतलाई खुशी पार्न प्रचण्डले भारतबाट आउने तरकारीहरुको जाँच गर्नु नपर्ने आदेश दिएको आरोप पनि ओलीले लगाए । ‘अहिले सरकारमा बस्नेहरुलाई कुनै लाजसराम छैन् । हाम्रो भान्साभान्सामा विषायीयुक्त चिज आउन दिने, भान्साभान्सामा नेपालीलाई खान दिने, मालिक खुसी हुन्छन कि हुँदैनन् । त्यति हो कुरा । मालिक खुसी हुन्छन भने नेपाली मेरेर के भयो ? नेपालीका भान्सामा विषादी आएर के भयो ?’ ओलीले भने ।

*****

************************

यस्तै छ यहाँको चलन !


 बोक्छन् अपराध र अपराधीहरूका सरदारलाई 

बिपी, गणेशमान र किशुनजीका अनुयायीहरू 

काँध कुहिन्जेल, डुङ् डुङी गनाउन्जेल,

एक पटक मात्र कहाँं हो र, पटक पटक

जान्छन् शती उनैको, मान्छन् जे जे भन्छन् उनैको 

हेग पुर्‍याउनु पर्ने र झुन्ड्याउनु पर्ने थियो उनलाई 

तर झुन्ड्याइरहेका छन् उनैले नेपालमै हेग बनाएर 

एक पटक मात्र होइन होइन पटक पटक

मरिरहेका छन् बिपी, गणेशमान र किशुनजीका अनुयायीहरू

पहिला घाँटी रेटिएर, सरदारकै ठाडो आदेशमा 

अहिले दिमाग मेटिएर, सरदारकै ठाडो आदेशमा

यस्तै छ यहाँको चलन, को बुझ्छ जनताको आत्मदाह को जलन !


बोक्छन् अपराध र अपराधीहरूका सरदार लाई 

पुष्पलाल, मनमोहन, मदन, आश्रितका अनुयायीहरू 

काँध कुहिन्जेल, डुङ् डुङी गनाउन्जेल,

एक पटक मात्र कहाँं हो र, पटक पटक

जान्छन् शती उनैको, मान्छन् जे जे भन्छन् उनैको 

हेग पुर्‍याउनु पर्ने र झुन्ड्याउनु पर्ने थियो उनलाई 

तर झुन्ड्याइरहेका छन् उनैले नेपालमै हेग बनाएर 

एक पटक मात्र होइन होइन पटक पटक

मरिरहेका छन् पुष्पलाल, मनमोहन, मदन, आश्रितका अनुयायीहरू 

पहिला घाँटी रेटिएर, सरदारकै ठाडो आदेशमा 

अहिले दिमाग मेटिएर, सरदारकै ठाडो आदेशमा

यस्तै छ यहाँको चलन, को बुझ्छ जनताको आत्मदाह को जलन !


बोक्छन् अपराध र अपराधीहरूका सरदार लाई 

हिन्दु धर्म, राजा देखी वैकल्पिक शक्ति हौँ भन्ने अनुयायीहरू 

काँध कुहिन्जेल, डुङ् डुङी गनाउन्जेल,

एक पटक मात्र कहाँं हो र, पटक पटक

जान्छन् शती उनैको, मान्छन् जे जे भन्छन् उनैको 

हेग पुर्‍याउनु पर्ने र झुन्ड्याउनु पर्ने थियो उनलाई 

तर झुन्ड्याइरहेका छन् उनैले नेपालमै हेग बनाएर 

एक पटक मात्र होइन होइन पटक पटक

मरिरहेका छन् राजा, राजसंस्था, हिन्दु अनुयायीहरू 

पहिला घाँटी रेटिएर, सरदारकै ठाडो आदेशमा 

अहिले दिमाग मेटिएर, सरदारकै ठाडो आदेशमा

यस्तै छ यहाँको चलन, को बुझ्छ जनताको आत्मदाह को जलन !


  - रामप्रसाद खनाल, मार्च १, २०२३ 

********

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक