20230317

पत्रकारलाई बिकाऊ भन्ने भन्दै सभामुखलाई आलोचना गर्नु अघि पत्रकार मित्रहरु हामी आफैले यी १० प्रश्नको उत्तर पनि दिने कि नदिने ? पत्रकारलाई कसैले केही भन्नै नहुने, बोल्नै नहुने, सोध्नै नहुने, प्रश्न उठाउनै नहुने हो र ??

 पत्रकारलाई बिकाऊ भन्ने भन्दै सभामुखलाई आलोचना गर्नु अघि आफूलाई पत्रकार भनाउने तपाईँ हामी सबै पत्रकारिता गर्नेले छातीमा राखेर यी कुरा को पनि आत्म समीक्षा गरौँ है मित्र हरू ! यी १० प्रश्न को उत्तर पनि दिउँ । के पत्रकारले सोध्ने मात्रै, अर्कालाई प्रश्न उठाउने  मात्रै तर पत्रकारलाई कसैले केही भन्नै नहुने, बोल्नै नहुने, सोध्नै नहुने, प्रश्न उठाउनै नहुने हो र ??

    १- पत्रकारको सङ्गठन भन्दै राजनीतिक पार्टीको भातृ सङ्गठन खोलेर पत्रकार भन्न हामीलाई लाज लाग्नु पर्ने हो कि होइन ? 

२- काँग्रेसको प्रेस युनियन, एमालेको प्रेस चौतारी, माओवादीको क्रान्तिकारी पत्रकार सङ्घ लगायतका यी र यस्ता सङ्घ सङ्गठनहरू पार्टीका जनबर्गीय सङ्गठन हुन कि होइनन् ?

३- तपाईँ हामीहरूले बनाएको नेपाल पत्रकार महासङ्घको चुनावमा यी र यस्ता पार्टीका जनबर्गीय सङ्घ सङ्गठनका नाममा पार्टीका तर्फ बाट छानिएका लाई हामीहरूले उम्मेदवार बनाउँदै, प्यानल बनाउँदै नेपाल पत्रकार महासङ्घको नेतृत्वमा पुर्‍याउने गरेका छौँ कि छैनौँ ?

४- उदाहरणका लागि नेपाल पत्रकार महासङ्घको पछिल्लो चुनावमा नेतृत्व छान्दा माओवादी, काँग्रेस सहितको गठबन्धन एकातिर, एमाले प्यानल अर्को तिर भएको हो कि होइन ? अध्यक्षमा स्वतन्त्र उम्मेदवार गजेन्द्र बुढाथोकीको पत्ता साफ कसले पारेको हो पत्रकारले कि सदस्यताधारी पार्टी पर्चाकारिता वाला ले ??

५- विज्ञापन र पैसा पाए नबोल्ने, नपाए पोल खोल्ने पत्रकारिता चलिरहेको छ कि छैन ?

६- पार्टीका जनबर्गीय सङ्घ सङ्गठनका नाममा पार्टीका तर्फ बाट छानिएका लाई नेपाल पत्रकार महासङ्घको सदस्य बनाउने गरिएको र पत्रकारिता गर्ने भन्दा अपपत्रकारिता र झोले पर्चाकारिता गर्ने लाई महा सङ्घको सदस्य बनाउँदै जाँदा वास्तविक पत्रकारहरू अल्पमतमा परिसकेको कसैबाट लुके छिपेको छ र ?

७- पत्रकारिता जगतले आफ्नो धर्म कर्म राम्रो सँग निर्वाह गरेको भए धमलाको हमला र दुई पेसै युट्युबे अनि फेसबुके, टिकटकेहरुलाई नै नेपालीहरूले पत्रकारिता गर्ने पत्रकार सम्झिनु पर्थ्यो र ?

८- पार्टी र नेताको पछि लाग्ने र तिनीहरूकै पर्चा लेख्ने लाई पत्रकार सम्झिनु पर्ने वास्तविकता हो कि होइन ? किन भयो यस्तो ?

९- हाम्रो खोज पत्रकारिता भनेको प्रचण्ड, देउवा, ओली, माकुनेहरुको स्तुति गान र यसो भन्नु भयो र उसो भन्नु भयो भन्नु मात्रै हो त ?

१०- १२ भाइ मात्र होइन देशमा सयौँ भाईको आतङ्क छ, पैसाको खेल छ यो तितो सत्य हो कि होइन ? हामी सुध्रिनु पर्छ कि पर्दैन ?

बेकारमा सभामुखलाई मात्र दोष दिएर हामी चोखा बन्न नखोजौं । सुधार गर्न तिर लागौं । 

तर यसो भन्दै गर्दा सबै पत्रकारलाई एउटै डालोमा हाल्न मिल्दैन, अहिले पनि केही प्रतिशत अशल, इमान्दार र वास्तविक पत्रकारिता गरिरहेका पत्रकार पनि छन, तिनीहरुलाई पनि यी कथित कमरेड र कथित जय नेपाल वालासँग तुलना नगर्न सबै पक्ष सँग मेरो सादर अनुरोध छ । सत्य तितो हुन्छ । धन्यवाद 

- रामप्रसाद खनाल 

 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page           

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक