20230309

साबधान : काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्सले देखायो !

काठमाडौंको राजनीतिक प्रदूषण बारेमा त सबैलाई थाहा भएकै कुरा हो भनिरहनु परेन तर  वायु प्रदूषण पनि निरन्तर बढ्दै जाँदा खतरनाक बिन्दुमा पुगेछ ।  काठमाडौं उपत्यकामा पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको पाइएको छ । यो क्रम बढेर बुधबार काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्स (आइक्युएयर)ले देखाएको छ । अत्यधिक वायु प्रदूषण जनस्वास्थ्यका लागि घातक हुन्छ । आईक्यूएयरका अनुसार बुधबार १४ः३४ बजे काठमाडौंको वायु प्रदूषणको मात्रा १७० यूएस आइक्युआई छ । अन्तर्राष्ट्रिय रूपमा वायु प्रदूषणको मात्रा नाप्ने इन्डेक्स आइक्युआई १५० देखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थ्यमा प्रभाव पार्ने हिसाबले अस्वस्थकर मानिएको छ यसलाई रातो रङ दिइएको छ । शून्यदेखि ५०० सम्मको प्रदूषणको स्तरलाई ६ तहमा बाँड्दा रातो रङ खतराको हिसाबले चौथोमा पर्छ । त्यस्तै, २०० देखि ३०० अंकसम्मलाई बैजनी रङ दिइन्छ । यो खतराको हिसाबले पाँचौँ तह हो । यसलाई अत्यन्त अस्वस्थकर मानिन्छ । ३०० अंक नाघेपछि खैरो रङ दिइन्छ ।

हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । अआइक्युआई मापन गर्दा पिएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड जस्ता प्रदूषणका कारक तत्वहरू हेरिन्छ । प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका सूक्ष्म कणहरूलाई पिएम २.५ का रूपमा मापन गरिन्छ । प्रतिघनमिटर वायुमा १० माइक्रोमिटर व्यास भएका कणलाई पिएम १० को रूपमा नापिन्छ । कचौरा आकारको भूगोल र वरिपरिका अग्ला डाँडा भएका कारण काठमाडौं उपत्यकामा सिर्जना हुने प्रदूषण वायुमण्डलमा सजिलै छरिन पाउँदैन । विज्ञले राजधानीको वायु प्रदूषण नियन्त्रणका लागि बनाइएका कानुन र मापदण्ड कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिँदै आएका छन् ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

प्रमुख खबरका यिनै हेड लाइनहरु पुरा समाचार नपढिकनै बुझ्नेका लागि बुझ्न काफी छन, लौ जे जे बुझ्नु छ बुझ्नुस् !!





 अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक