20230417

असफल राष्ट्र सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको छ भने हजारौं घाइते, जहाज हरुमा आगजनी

 असफल राष्ट्र भैसकेको, यस अघि नै देश भित्रैको आन्तरिक द्वन्दले टुक्रीइसकेको, अफ्रिकी देश सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको छ भने हजारौं घाइते भएका छन । एयरपोर्ट भित्रै जहाज हरुमा आगजनी भैरहेको छ भने अराजकताले सिमा नाघेको छ । सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उनका सहयोगी मोहम्मद हमदान डग्लोबीच हप्तौंदेखि चलेको शक्ति सङ्घर्षपछि शनिबारदेखि हिंसा सुरु भएको हो ।

खार्तूम र सुडानका अन्य शहरहरूमा हवाई आक्रमण, सडकमा ट्यांकहरू, तोपखानाको गोलाबारी र भारी गोलीबारीसहित भएको भीषण द्वन्द्वले तत्काल युद्धविरामको लागि अन्तर्राष्ट्रिय आग्रह हरु भैरहेका छन । “शनिबारदेखि सुरु भएको झडपमा सर्वसाधारणको मृत्यु हुनेको सङ्ख्या सय भन्दा बढी पुगेको छ,” चिकित्सक सङ्घले उल्लेख गरेको छ । यो आँकडामा सबै हताहती समावेश गरिएको छैन किनभने लडाईंका कारण आवतजावतमा कठिनाइ भएका कारण धेरै जना अस्पताल पुग्न सकेका छैनन् ।

सुडानका चिकित्सकहरूको केन्द्रीय समिति, एक अलग लोकतन्त्र समर्थक सङ्गठनले शनिबारदेखि सुरक्षा बलहरूमा दर्जनौंको मृत्यु भएको र नागरिक र सेनासहित लगभग हजार भन्दा बढी घाइते भएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खार्तूमका नौ वटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको भन्दै चेतावनी दिएको छ ।


 
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक