20230417

लथालिङ्ग देशको भताभुङ्ग चाला भनेको यस्तै त होला ! राजनीतिक प्रदुसणमा अबल नेपाल अब बायु प्रदुसणमा पनि अबल साबित


 लथालिङ्ग देशको भताभुङ्ग चाला भनेको यस्तै त होला । राजनीतिक प्रदुसणमा अबल नेपाल अब बायु प्रदुसणमा पनि अबल साबित भएको छ । विश्वकै वायु प्रदूषण धेरै भएको शहरको सूचीमा काठमाडौं परेको खबर आए लगत्तै अध्ययन गर्दा काठमाडौं उपत्यकासहित मुलुकका प्रमुख शहरमा वायु प्रदुषण बढेसँगै स्वास्थ्य जोखिमसमेत बढेको छ । काठमाडौं उपत्यकाको सुचकांक २ सय एक्युआई भन्दा माथि पुगेको छ । ५० सम्मको एक्युआईलाई सामान्य मानिन्छ । तर २ सय भन्दा माथिको एक्युआईले सबै उमेर समुहका मानिसमा स्वास्थ्य जोखिम बढाउने वातावरण विभागका विज्ञ गोविन्द लामिछानेले बताउनुभयो ।

ललितपुरको खुमलटार सबैभन्दा बढी प्रदुषित देखिएको छ । केहीबेर अघिसम्म त्यहाँ २ सय ४२ एक्युआई मापन गरिएको वातावरण विभागले जनाएको छ । २ वर्ष अघि अहिलेकै अवधिमा काठमाडौंको एक्युआई ३ सय नाघेको विभागको तथ्याङकमा उल्लेख छ । गण्डकी प्रदेश सहित बाग्मती, मधेश र कोशी प्रदेशमा समेत मौसम धुम्मिएको मौसम विज्ञान विभागले जनाएको छ । केही दिनदेखि सो प्रदेशका जंगलमा लागेको डढेलोका कारण मौसममा खराबी आएको हो ।

यसैबीच, अझै केही दिनसम्म सो क्रम जारी रहने मौसम विज्ञान विभागले जनाएको छ । तत्काल पानी पर्ने संभावना नभएका कारण वातावरणमा रहेको धुवांको मुस्लो अझै केही दिन जारी रहने विभागले जनाएको हो । यसैबीच, प्रदुषणले स्वास प्रश्वास सम्बन्धी समस्या निम्तने हुँदा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. अशेष ढुंगानाले प्रदुषणका कारण दम र निमोनिया बिग्रने बताउनुभयो ।

प्रदुषणका कारण बालबालिकाको स्मरण शक्तिमा समेत ह्रास आउन सक्ने कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. अजित रायमाझीले बताउनुभयो । प्रदुषणबाट बच्नका लागि सम्भव भएसम्म घरमै बस्न, प्रशस्त पानी पिउनु पर्ने विज्ञहरुले सुझाएका छन् । त्यस्तै, श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या भएमा तत्काल चिकित्सकसंग सम्पर्क गर्न विज्ञले सुझाएका छन् ।  

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक