20230423

राजनीतिक वेश्यावृत्तिमा रमाउने प्रचण्डसँग 'स्प्रिट मिल्ने' मान्छे जनतालाई चाहिएकै छैन, चाहिएको त प्रचण्डहरूलाई बाई बाइ गर्ने मान्छे हो !

 चितवन, तनहुँ र बाराका ३ क्षेत्रमा सम्पन्न उप चुनावको नतिजा पनि आउला अब । अन्तिम नतिजा आउँदा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित पनि होलान । ती जताका हुन, जो हुन, तपाईँ हामी जनतालाई र देशलाई तत्कालै केही फरक पर्दैन । त्यति मात्रै होइन यस पटकको यो ३ सिटको अङ्क गणितले वर्तमान सँसदको बनावटमा र लुटेरा गठबन्धनमा पनि खासै फरक पर्ने मैले देख्दिन । प्रचण्ड र देउवाको मन्त्री बन्दा वा नबन्दा व्यक्ति कसैलाई केही फाइदा होला तर देश र जनतालाई खासै फाइदा हुने पनि म देख्दिन किनकि यो ३ अङ्कले कुनै परिवर्तन गर्न सक्दैन ।

 जसले जितुन मलाई भन्नु केही छैन तर यो उप चुनाव अघिको चुनावबाट सुरु भई प्रचण्ड, ओली, देउवा, बाबुराम, माकुने, उपेन्द्रहरूको लुटतन्त्रको लङ्कामा आगो झन् बढी सल्की रहेको र स्पष्टै देखिन सुरु भएको जन आक्रोश, विद्रोहको आगो परालको आगो वा भुसको आगो जस्तै भित्र भित्रै फैलिइरहेको यथार्थता कसैले नदेखे झैँ गर्छ भने त्यो मूर्खता मात्र हो ।

 लुटतन्त्रको लङ्कामा आगो भित्र भित्रै फैलिई सकेको छ । कसैले यो आगो निभाउने कुचेष्टा नगरुन । लुटतन्त्रको लङ्का जलाउनै छ । लुटतन्त्रका हिमायतीहरूलाई राजनीतिक रूपमा खरानी बनाउनै छ । खबरदार कसैले गद्दारी नगरुन ।

 अपराधहरुका शिरोमणी प्रचण्डले 'मन्त्री बनाउने', यस्तो भस्मासुरको 'मन्त्री बन्ने', यिनै कहिले ओली र कहिले देउबा सँग लभ गर्दै धोखा दिंदै राजनीतिक वेश्यावृत्तिमा रमाउने प्रचण्डसँग 'स्प्रिट मिल्ने' मान्छे जनतालाई चाहिएकै छैन, चाहिएको त प्रचण्डहरूलाई बाई बाइ गर्ने मान्छे हो ।

 एउटा यस्तो विकल्पको खाँचो हो देशलाई, जो प्रचण्ड, ओली, देउवा, माकुने, उपेन्द्रलाई स्थापित होइन विस्थापित गर्न सकोस, तिनीहरूसँग शती नजाओस, यो लुटतन्त्र र संबिधाननै परिवर्तन गर्न सकोस, नेपाल र नेपालीका लागि माटो सुहाउँदो व्यवस्था र संविधान कोर्न सकोस । जनतालाई चाहिएको विकल्प त्यस्तो हो ।

 राम्रो काम गर्ने, बोली र व्यवहार एउटै हुने, नझुक्काउने, जन विश्वास र आशा माथि गद्दारी नगर्ने, अपराधीहरूको पछि नलाग्ने, शती नजाने नेतृत्व आजको आवश्यकता हो । चेतना भया भनौं या आगे तपाईंहरुको जो मर्जी भनौं कुरा यही हो बुझे भै गो !

र यो पनि थप्छु - माफ गर्नुहोला म कसैको अन्धभक्त बन्न, हुने नहुने जे गरे पनि ठिक हो भन्न सक्दिन । मैले २०४६ यताको नेपाली राजनीतिमा र बाग्मतीमा निकै पानी बगेको देखेको छु, भोगेको छु । अन्धभक्तहरूका कारण गिरिजा, देउवा, प्रचण्ड, बाबुराम, ओली, माकुने, उपेन्द्रहरू सम्म आइपुग्दा मुलुकले बहुत कुछ गुमाइसकेको छ तसर्थ अन्धभक्ती राम्रो होइन भन्ने बुझेको पनि छु ।

 एउटा स्वाभिमान र नैतिकता भन्ने चिज जीवित छ म मा,  त्यसैले म सधै स्वतन्त्र र यथार्थ बोल्छु लेख्छु, सत्य र न्यायको पक्षमा बोल्छु लेख्छु । रचनात्मक र भद्र असहमतिहरूलाई म सम्मान पनि गर्छु तर अन्धभक्तीको सधै विपक्षमा छु । - रामप्रसाद खनाल 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक