20230424

९३ औं जन्मदिनमा प्रेमिकासँग विवाह गरेका छन् चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले !

 अमेरिका / ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेका छन् चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले । अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले विवाह गरेका हुन् । ‘मेरो ९३ औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम डा. एन्का फाउर र मैले विवाहिक सम्बन्धको गाँठो कसेका छौं,’ एल्ड्रिनले आफ्नो र ६३ वर्षीय फौरको तस्बिर सहित ट्विट गर्दै भनेका छन्, ‘हामी लस एन्जलसमा एक सानो निजी समारोहमा पवित्र विवाहमा सामेल भयौं । हामी प्रेमपछि भागी विवाह गर्ने किशोरहरू जत्तिकै उत्साहित छौं ।’

उनको लिङ्क्डइन प्रोफाइलका अनुसार फाउरले सन् १९९६ मा पिट्सबर्ग विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा विद्यावारिधि हासिल गरेकी थिइन् भने बज एल्ड्रिन भेन्चर्समा सामेल हुनुअघि युनियन कार्बाइड र जोनसन म्याथेका लागि काम गर्थे । उनले क्यालिफोर्निया हाइड्रोजन बिजनेस काउन्सिल कोषाध्यक्षका रूपमा पनि काम गरे । एल्ड्रिनको यसअघिका तीन विवाह सम्बन्धविच्छेदमा टुंगिएका थिए । एल्ड्रिन अमेरिकी अन्तरिक्ष यात्री ‘अपोलो ११ अभियान’को अन्तिम जीवित सदस्य हुन् । उनी र नील आर्मस्ट्रङ्गले २० जुलाई १९६९ मा चन्द्रमामा पहिलो मानव पाइला टेकेका थिए ।

चन्द्रमाको सतहमा आफ्ना चालक दलका सदस्य हिँडिरहेका बेला कमान्ड मोड्युलका पाइलट माइकल कोलिन्सको अप्रिल २०२१ मा र आर्मस्ट्रङ्गको सन् २०१२ मा निधन भएको थियो । सन् १९७१ मा नासाबाट अवकाश लिए पनि एल्ड्रिन अन्तरिक्ष अन्वेषणमा सम्लग्न रहँदै आएका थिए । ‘अपोलो ११’ अवतरणस्थलनजिकै चन्द्रमामा रहेको क्रेटरको नाम उनको सम्मानमा राखिएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक