20230424

......त्यसैले स्वर्णिम वाग्लेलाई बधाई र शुभकामना पनि !

 स्वर्णिम वाग्ले कुन पार्टीका थिए हिजो, किन छोडे, आज कुन पार्टीमा छन, भोली कता जालान त्यो उनको ब्यक्तिगत स्वतन्त्रताको कुरा हो । तर यत्तिको अर्थतन्त्र बुझेको, योग्य, केही गर्छु भन्ने मान्छेले चुनाव जित्दा दुःख मनाउ गर्नु जरुरी देख्दिन म । किन कि हेर्नुस, सम्झिनुस त ती भेडा बाख्रा रुपी आठ वटा सँसदका प्रचण्ड, देउवा, ओली, माकुने, उपेन्द्रहरूले गरेको निर्णयमा ताली मार्ने र भत्ता पचाउने सांसद सम्म, केही सांसदहरू बाहेक अधिकांशलाई सांसद भन्न पनि लाज लाग्छ । यो सँसदमा स्वर्णिम वाग्ले देखिन लायक छन, त्यसैले स्वर्णिम वाग्लेलाई बधाई र जन भावना बुझ्न, राम्रो गर्न, गठबन्धनको समर्थक नबनेर सँसदमा प्रभावकारी प्रतिपक्षी सांसदको भूमिका निर्वाह गर्न, राजनीतिक वेश्यावृत्तिमा रमाउने प्रचण्डहरू सँग 'स्प्रिट मिल्ने' मान्छे नबन्न वहाँलाई प्रेरणा मिलोस, भस्मासुरको सरकारमा नजानु, यो ठगबन्धनको सरकारलाई समर्थन नगर्नु, परिपक्व बनेर प्रस्तुत हुनु होला भन्ने बिनम्र आग्रह गर्दै शुभकामना पनि । आशा गरौं स्वर्णिमजीले "भस्मासुरको मन्त्री" बनेर र मन्त्री पदका लागि उनको "शती" गएर, उनीसँग "स्प्रिट" मिलाएर हामीलाई निराश पार्नुहुने छैन ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक