20230403

सुनसरीको इनरुवामा पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन : कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ - पूर्वराजा ज्ञानेन्द्र शाह



सुनसरीको इनरुवामा पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन गरिएको छ। सोमबार इनरुवाको खेल मैदानमा पूर्वराजा शाहको नागरिक अभिनन्दन गरिएको हो। अभिनन्दन कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो। पूर्वराजाको अभिनन्दनका लागि केशरबहादुर विष्टको संयोजकत्वमा १ हजार १ सदस्यीय ‘नागरिक अभिनन्दन मूल समारोह समिति’ गठन गरिएको थियो।

पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी अभिनन्दनमा आज गरेको सम्बोधनको पूर्णपाठ:

उपस्थित दिदीबहीनी तथा दाजुभाइहरु,

सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईंहरुले राष्ट्रको हित चिन्तन गर्दै र आजका जनआकांक्षा तथा आवश्यकताहरुलाई औंल्याएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नु भएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु।

सदासर्वदा स्वाधिन रहेको र आफ्नै मौलिख मान्यताभित्र स्वाभिमानपूर्वक आधुनिकतातर्फ लागेको हाम्रो नेपाल हामीलाई सधैँ राम्रो लाग्छ, हामीलाई सधैँ प्यारो लाग्छ। राष्ट्रको यही गौरबगाथा र राष्ट्रप्रतिको त्यही अघात प्रेम फेरि एकपटक यहाँ प्रकट भएको छ। तपाईंहरुले दर्साउनु भएको यस्तो देशभक्ति हामीले हृदयदेखि सम्मान गर्दछौँ। आफ्नो देशलाई माया गरेर आफ्नो देशको अवस्थालाई बुझेर तपाईंहरुबाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ, त्यसमा मेरो गहिरो ध्यान पुगेको छ।

स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन सक्दैन। कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ। परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिँलो परिणाम दिँदैन।

निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, निश्चय पनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चय पनि हामीले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नु छ।

राष्ट्र नै हाम्रो आफ्नो ब्रम्ह हो। आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन्, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अह्म् धर्म हो। त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ। तपाईंहरुजस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रत हुँदै जाओस्।

धन्यवाद। जय नेपाल।

सुनसरी, इनरुवा, चैत्र २०, २०७९





 

********

अमेरिकामा नेपाली परिवार र समुदायमा के नराम्रो मात्रै छ त ? कस्तो छ वास्तविकता ? कृष्ण लामिछाने आत्महत्या प्रकरण पछि उठेका प्रश्न हरु र वास्तविकता !

  


*********

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक