20230430

दशौं म्युजिक खवर स्रष्टा सम्मान अर्पण कार्यक्रम सम्पन्न


काठमाडौं / ‘’स्तरीय एवं मौलिक संगीतको धार-नेपाली गीतसंगीतको आधार ‘’भन्ने मूल नाराका साथ सुरु गरिएको दशौं म्युजिक खवर स्रष्टा अवार्ड नेपाली गीत संगीतको क्षेत्रमा बिशिष्ट योगदान दिएका मुर्धन्य ब्यक्तित्व हरुलाइ सम्मान गरि सम्पन्न गरिएको छ ।

उपप्रधानमन्त्री तथा गृहमंत्री नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्य तथा पूर्व सांसद कोमल वली , बरिष्ठ गायिका तिर्थ कुमारी थापा, बरिष्ठ लोक गायक प्रेमराजा महत, आनन्द कार्की, बरिष्ठ संगीतकार शम्भुजित बांस्कोटा, नारायण रायमाझी, मोहन निरौला , टीका भाण्डारी, राधेश्याम लेकालीको आतिथ्यतामा लैनचौर स्थित भव्य कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै उपप्रधान तथा गृहमंत्री नारायणकाजी श्रेष्ठले गीत संगीत र कलाको माध्यमबाट राष्ट्रको गौरवलाइ स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बिचार ब्यक्त गर्दै गीत संगीत मानविय जीवन र मानव समाजको लागि महत्वपूर्ण पक्ष रहेको हुनाले कलाकार हरुका लागि कलासंस्कृतिकै क्षेत्रमा सम्मानित जीवन जिउन सक्ने बातावरण बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

कार्यक्रममा दशौं वर्षसम्म निरंतर सहकार्य गर्ने आयोजक कमिटि, प्रायोजक, सल्लाहकार हरुलाइ चलचित्र कलाकार संघका अभ्यक्ष मोहन निरौला , प्रसिद्ध चलचित्र तथा साहित्य अन्वेषक प्रकाश सायम प्रसिद्ध गायक मुरलीधर, प्रसिद्ध गायिका कुन्ति मोक्तान, प्रसिद्ध संगीतकर्मि शिला बहादुर मोक्तान, सन्चारकर्मि भरत बमजन, पूर्व सांसद तथा गायिका कोमल ओली रेडियो नेपालका बोर्ड सदस्य सिताराम पोखरेल, राधेश्याम लेकाली,नायिका शोभिता शिम्खडा,साहित्यकार विक्रमभक्त जोशी  , मेरिल्याण्ड अमेरिका निवासी नेपाली कलाक्षेत्रका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत र अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरको साथमा विशिष्ट संगीतकर्मि शम्भुजित बासकोटा लगायतका अतिथीहरुद्वारा पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो ।

कलाकर्मी सम्मान कार्यक्रममा दीर्घ साधना सम्मान पुरस्कारबाट तीर्थ कुमारी थापा ५१ नगद राशिसहितको दीर्घ साधना सम्मान अर्पण गरिनुका साथै वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलाई १० हजार नगद राशिसहितको म्यूजिक खबर कला पत्रकारिता सम्मान अर्पण गरिएको थियो । यसैगरि दशकको स्रष्टा सम्मान पुरस्कारबाट भोजराज काफ्ले म्युजिक खवर संगीत स्रष्टा सम्मानबाट गीतकार राम थापा ‘’अविरल ‘’ तथा साहित्यकार रामचन्द्र ढकाल सम्मानित भएका छन् । दशकको स्रष्टा सम्मान पुरस्कारबाट गायिका निशा देशार सम्मानित भएकी छन्, भने संगीत पत्रकारिता सम्मानबाट बरिष्ठ रंगपत्रकार सानुकाजी श्रेष्ठ पुरस्कृत भएका छन् । यसैक्रममा डायस्पोरा संगीत सम्मानबाट प्रेमराजा महत सम्मानित भएका छन्, भने रेडियोकर्मी सम्मान बाट चन्द्रमणि गौतम सम्मानित भएका छन् । युवा प्रतिभा संगीत सम्मानबाट गायिका मनिषा पोखरेल सम्मानित भएकी छन् । यसैक्रममा बालप्रतिभा प्रोत्साहन सम्मान बाट बालगायिका आयुषा गौतम सम्मानित भएकी छन् ।

कार्यक्रममा सुप्रसिद्ध गायक रामकृष्ण ढकालले गायन प्रस्तुत थिए भने शंकर बिसी, लोसिना लामिछाने, रुविना बसेल, आयुषा गौतमले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गायक टंक तिमिल्सिना राजु गुरुङ,सरोज लामिछाने लगायत गायिका देवी घर्ती, सरोज लामिछानेको प्रस्तुतिले कार्यक्रमलाइ रोचकता प्रदान गरेका थिए ।

दिनेश डिसी , निराजन भट्टराई तथा मन्जु पौडेलद्वारा आकर्षक रुपमा निरंतर चार घण्टा संचालित उक्त कार्यक्रममा अन्य ४० बिभिन्न बिधामा स्रष्टा कलाकारहरुलाइ सम्मान गरिएको थियो । यसैक्रममा राष्ट्रीय भावको सर्वोत्कृष्ट गीतका निमित्त शान्तिराम भट्टराईको जय जय हो नेपाल, सर्वोत्कृष्ट पप गीतकारका लागि रमेश दाहाल संगीतकारका लागि सरोज प्याकुरेल गायक चिरंजीवी भण्डारी गायिकाका रुपमा गीता पाण्डे सम्मानित भएका छन् ।


यसैक्रममा लोकदोहोरी नवप्रतिभा सम्मान पुरुष तर्फ रमेश पाठकको झल्को मात्रै आँखामा ,रीना रावतको माया गरम्ला संगीत संयेजनमा बिश्वास नेपालको सालको पात उडायो बतासैले ध्वनी सम्पादन गोबिन्द सोनी सेतो सेतो ए माया कमेरो माटो , म्युजिक भिडियो उहि खोलीमा पानी बाट रबिना भण्डारी ,झम्के फूली भिडियो निर्देशन मार्फत मार्फत काजिश श्रेष्ठ,सर्वोत्कृष्ट शब्द संयोजनका लागि संगै भागौंला मार्फत प्रकाश पराजुली उत्कृष्ट भाकाका लागि खेम भण्डारी मन परेको मान्छे , गायिकामा फालिका रोका मुग्लिन पुल तरी का लागि , सर्वोत्कृष्ट लोकगीतमा ईश्वर सिंह र शान्ता रानी परियार संयुक्त रुपमा शीरफूल शीरको , उत्कृष्ट कल्चरल गीतका लागि आरके गुरुंग र शान्तिश्री परियार को संयुक्त रुपमा झुल्के घाम हेरौंला , प्रत्यक्ष लोक दोहोरी गायनका लागि तारा थापा , रहेका छन् भने चीज गुरुंग पुरुषतर्फ म्युजिक भिडियो छायांकनका लागि मधुर बस्नेत मुग्लिन पुल तरी भिडियो सम्पादनका लागि नाइ नाइ नभन का लागि मिलन बिश्वकर्मा , बेष्ट मोडल फिमेलका लागि समिक्षा क्षेत्री महिला लोकगीतमा रविन परियार एवं लोकदोहोरी जुरी अवार्डका लागि कमल सरगम सम्मानित भएका छन् ।

यसैगरि आधुनिक तर्फ पपुलर मोडल अफ द इयरका लागि नथिया मार्फत पूजा शर्मा सम्मानित भएकि छन् । मोडल पुरुषतर्फ सागर लम्साल, गाउँले ठिटो मार्फत देबेन्द्र पाण्डे , संगीत संयोजनका लागि आमोश तामांग, ध्वनि संयोजनका लागि किशोर थापा सम्मानित भएका छन् ।

चलचित्र गीतकारका लागि दिग्गज द्यौराली ,संगीतकारका रुपमा एलिश कार्की पार्स्व गायक गायिकामा क्रमश: युवराज चौलागाइ र प्रविशा अधिकारी सम्मानित भएका छन् । गजलतर्फ जनमत गुमायौ का लागि ध्रुव अम्गाईं ,नवप्रतिभाका रुपमा आयुष्मान बिष्ट, युगल गायनका लागि प्रविन बेडवाल, गीतकारका लागि जोन कार्की ,संगीतकारका रुपमा अर्जुन पोखरेल ,गायक प्रकाश तिमिल्सिना गायिका रीता केसी र सर्वोत्कृष्ट गीत आधुनिक पप का लागि एलिना चौहान , संगीतकार तर्फ पब्लिक भ्वाइस अफ द इयरका रुपमा अनिल मास्के तथा जुरी अवार्ड संगीतकारतर्फ सुदीपराज बिश्वकर्मा तथा गायन तर्फको जुरी अवार्ड गजल गायकका रुपमा सुपरिचित आनन्द कार्की सम्मानित भएका छन् ।

कार्यक्रमलाइ सभ्य र भव्य रुपमा सम्पन्न गराउन अहं भूमिका निभाएका मोडल ,निर्देशक शंकर बिसी सरोज कोइराला माधव निर्दोष , फोटोग्राफर च्यांग्बा लामा रविन लामिछाने सुमन ‘’बैरागी ‘’ पण्डित,सविता पोखरेल लक्ष्मी आचार्य लगायत लाइ कदर तथा सम्मान पत्र प्रदान गरेर सम्मानित गरिएको थियो । - जयराम बिडारी



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक