20230405

श्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछि न्यायाधीश भुवन गिरीमाथि पक्राउ पुर्जी जारी, होइन के हो "श्रीमान" यो ??

 श्रीमतीले जबरजस्ती करणी अर्थात बलात्कारको उजुरी दिएपछि न्यायाधीश भुवन गिरीमाथि पक्राउ पुर्जी जारी भयो रे ! श्रीमतीले श्रीमान सिद्ध्याउने दिन आए नयाँ नेपालमा, त्यो पनि अदालतकै न्यायाधीश "श्रीमान" ! होइन के हो "श्रीमान" यो ?? कस्तो कानुन हो ? यो कानुन बनाउने सांसद कस्ता हुन ? बलात्कार जघन्य अपराध हो, शँकै छैन तर श्रीमती र श्रीमानका बिचका सम्बन्ध पनि यती गम्भीर र बलात्कार बनाएर मुद्दा हाल्न थाल्दा के होला ? श्रीमतीले श्रीमान विरुद्ध यस्ता यस्ता मुद्दा हाल्न थाले पछि भोलि हाम्रो सामाजिक संरचना, परिवार, समाज, श्रीमान श्रीमतीका सम्बन्ध कता जालान ? के हबिगत हुने होला ? यी र यस्ता कुरा गम्भीर भएर सोँच्नुस त !                                                                                                
   हेर्नुस पुरा समाचार: श्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछि न्यायाधीश भुवन गिरीमाथि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । न्यायाधीश गिरीकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा वैवाहिक जबरजस्ती करणीको उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी जारी गर्न माग गरेपछि पक्राउ पुर्जी जारी भएको अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिए ।

गिरीको हालै कपिलवस्तु जिल्ला अदालतबाट न्याय परिषदमा सरुवा भएको छ । गिरीकी श्रीमतीविरुद्ध पनि सरकारी कागजात किर्तेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।  


अमेरिकामा नेपाली परिवार र समुदायमा के नराम्रो मात्रै छ त ? कस्तो छ वास्तविकता ? कृष्ण लामिछाने आत्महत्या प्रकरण पछि उठेका प्रश्न हरु र वास्तविकता !

  


*********

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक