20230502

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयमले बेहोर्न चाहेको भन्ने होइन आफैले तिरेको समाचार सुन्न जनता आत्तुर

 राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयमले बेहोर्न चाहेको भन्ने होइन आफैले तिरेको समाचार सुन्न जनता आत्तुर छन । यो दोहोरो अर्थ लाग्ने काम नगरी आफै तिर्न र तिरेको प्रेस विज्ञप्ति राष्ट्रपतिको स्वकीय सचिवालयले सार्वजनिक गर्नु पर्छ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयमले बेहोर्न चाहेको तर नेपाल सरकारले तिरिदिएको भन्ने नाटकीय समाचार सुन्न नपरे राम्रै हुन्थ्यो ।   

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको उल्लेख छ ।

“राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएकोमा सुरुमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भएको थियो । उपचारका क्रममा स्वास्थ्य सुधार हुन नसकेपछि चिकित्सकको सुझावअनुसार उहाँको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो । उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयम्ले बेहोर्न चाहनुभएको जानकारीका लागि अवगत गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गर्नुभएको थियो । उहाँ उपचारपछि वैशाख १७ मा स्वदेश फर्किनुभएको हो ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक