20230502

युक्रेनसंगको युद्धका क्रममा पछिल्लो ५ महिनामा २० हजार भन्दा बढी रुसी सेना मारिए, ८० हजार भन्दा बढी घाईते


 युक्रेनसंगको युद्धका क्रममा पछिल्लो ५ महिनामा २० हजार भन्दा बढी रुसी सेना मारिएको अमेरिकाले दाबी गरेको छ । ८० हजार भन्दा बढी घाईते भएको अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्वीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मारिनेमा आधा जति रसियन सेनालाई सहयोग गर्दै आएको वागनर मर्सेनरी कम्पनीका सेना रहेको गुप्तचरी संयन्त्रको रिर्पोटमा उल्लेख छ । रुसले पछिल्लो समय युक्रेनको पूर्वी शहर बख्तुम केन्द्रीत आक्रमण गरिरहेको छ ।

रुसी सेनाले बख्तुमलाई नियन्त्रणमा लिने प्रयास गरेपनि सफल हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । बख्मुत शहरलाई दुबै पक्षले रणनीतिक महत्वको क्षेत्र मानेर संघर्ष तिव्र पारेका छन् । युक्रेनको दोनेस्क क्षेत्रलाई पूर्ण रुपमा कब्जामा लिने रुसी प्रयास स्वरुप बख्मुतमा युद्ध सुरु भएको हो ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक