20230512

‘तपाईँहरू तीन दल बसिरहनु भएको छ, दिनहुँ जसो, अर्को चौथो दल पनि छ, हामीलाई पनि सँगै राख्नुहोस्, देशका महत्त्वपूर्ण सवालमा हामीलाई किन छुटाउनुहुन्छ ? - रवि लामिछाने

 
रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेर भन्नुभएछ - "सरकार ढल्छ भनेर चिन्ता नगर्नुस, भ्रष्टाचारविरुद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्नुस् भन्दै नक्कली शरणार्थी प्रकरणबारे भइरहेको अनुसन्धानप्रति प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिएँ । ‘प्रधानमन्त्री उच्च मनोबलमा हुनुहुन्थ्यो। कतिपय बेला दबाब, प्रभाव अनुहारमा देखिन्छ। मैले त्यस्तो रहेछ कि भनेर पनि बुझेँ र तर, उहाँको बडी ल्याङ्ग्वेज हेर्दा उच्च आत्मविश्वासी नै पाएँ। उहाँ निकै खुसी हुनुहुन्छ,’ लामिछानेले भने, ‘प्रधानमन्त्रीमा यसलाई निष्कर्षमा पुर्‍याउने हुटहुटी नै पाएँ।’। ‘नक्कली शरणार्थी प्रकरणमा उहाँ रोकिनुहुन्न। उहाँ एकदमै सकारात्मक पाएँ,’ ‘यस प्रकरणमा राजनीतिक हस्तक्षेप, प्रभाव नहोस् भनेर भनेँ,’ उनले भने, ‘प्रधानमन्त्रीको हुटहुटी हेर्दा त्यसको छनक छैन। उहाँ एकदमै उत्साहित हुनुहुन्छ।’ ‘तपाईँहरू तीन दल बसिरहनु भएको छ, दिनहुँ जसो । अर्को चौथो दल पनि छ । हामीलाई पनि सँगै राख्नुहोस्। देशका महत्त्वपूर्ण सवालमा हामीलाई किन छुटाउनुहुन्छ? भनेर सोधेँ " 

रविजी ले यति धेरै कुरा राख्दा, प्रधानमन्त्रीमा नक्कली शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याउने हुटहुटी देख्दा रविजी खुसी पनि हुनुभएछ राम्रो कुरा । बरु ४ हजार लाई ३५ हजार भनेर नक्कली लडाकु खडा गरेर क्यान्टोनमेन्टमा गरेको अर्बौंको भ्रष्टाचार, १० वर्ष जनयुद्धका बेला र त्यस पछि आज सम्म देशव्यापी रूपमा माओवादीले लुटेको राज्य, बैङ्क र जनताको धन सम्पत्ति, बुढी गण्डकीमा देउवा, ओली, प्रचण्ड मिलेर कोप्ल्याक्क पारेको अर्बौंको भ्रष्टाचार, यती, ओम्नी, बालुवाटार जग्गा, सिसी टिभी, वाइड बडी जहाज देखी दर्जनौँ दर्जन र अर्बौँ होइन खर्बौंका भ्रष्टाचारका फाइल खोल्न, अनुसन्धान गर्न रविजीले उच्च मनोबलमा रहनुभएका प्रधानमन्त्रीलाई सम्झाउनुहोला । अर्को चौथो दल पनि छ हामीलाई पनि सँगै राख्नुहोस् भन्दा अर्को पाँचौँ दल र अरू दल पनि छन् भनेर प्रधानमन्त्रीलाई सम्झाउनु भयो भने फेयर होला । आगे रविजी कै जो मर्जी । 


यस सन्दर्भमा मैले ४ दिन अगाडि लेखेको एउटा कविता सान्दर्भिक होलाकी भनेर यहाँ पनि थपिदिएको छु :


हम सब चोर हें


सबैभन्दा ठुलो भ्रष्ट र अपराधीले भन्यो  

"फाइल खोल्छु म भ्रष्टाचारका अब" 

गर्छु कारबाही सब भ्रष्टहरूलाई 

कुम हल्लाउँदै ठोक्यो भाषण उसले

जनता बेकुफ बनाउन माहिर उ 

झुट, बेइमानी, पाखण्डको शिखर उ 

सपनाका चमत्कारहरू बाँड्दै,

झुटका खेतीहरूमा अर्को बिउ रोप्छ उ         

सोझासाझा जनहरू फेरी पनि झुक्किन्छन् 

सुरु गर्छन् ताली मार्न 

भन्न थाल्छन् कारबाही हुनै पर्छ भ्रष्टहरूलाई 

उ झन् हौसियो यो देखेर र भन्यो 

यो त टेलर मात्रै हो

हेर्दै जानु अब पुरा फिल्म देखाउँछु म !

यत्तिकैमा बर्बराउन थाल्छ अर्को भ्रष्ट  

हाम्रा लाई मात्र छानी छानी किन ?

हिम्मत छ भने सबैलाई तान 

हाम्रालाई मात्र बाण नहान 

भ्रष्टाचारीको मुख हेर्दिन भन्ने उ 

त्यही भएर होला आजकल

भ्रष्टाचारीलाई लुक्न पठाउँछ गोरखपुर तिर 

अनि छेडखानी सुरु गर्छ काठमाडौँमा बसेर 

यत्तिकैमा वास्तविक पम्फादेवी हुन्छिन् प्रकट 

चोखै छु भनेर कहिले निकाल्छिन् विज्ञप्ति 

बर्बराउन थाल्छिन् सँसद भवन भित्रै पनि 

नारी विरोधी हुन मलाई भ्रष्ट भन्नेहरू भन्दै 

नारी लाई देख्न नसहने पुरुषहरू हुन भन्दै 

लठेब्रो भन्देखीलाई चुइँक्क बोल्दैन

बोलोस् पनि कसरी खाएर अघम्य भएको उ 

विगतमा यी र यस्ता धेरै पुरा फिल्महरू हेरेको म 

मलाई थाहा छ यो टेलरले केही झर्ने वाला छैन 

धेरै पटक पुरा फिल्महरू दोहोर्‍याएर हेरिसकेको म

यो टेलरबाट अहँ पटक्कै आशा बादी छैन म

फिल्म न हो यो एक छिनको 

कहिले हँसाउँछन्, कहिले रुवाउँछन् 

ड्याङ डुङ्ग, कथा जसो जसो माग्छ गर्छन् त्यसै    

हिरो बन्न खोज्छन् वास्तविक जीवनका भिलेनहरु

बुझिसकेको छु मैले राम्ररी 

त्यसैले ताली मार्दिन आजकल पहिला जस्तो 

यो फिल्मको हल्ला न हो, सस्तो सस्तो  

दुई घण्टा पछि फिल्म सकिन्छ मलाई थाहा छ 

हिरो भिलेन सब चुस्की मार्ने छन् सँगै बसेर

कसले बुझ्छ यिनको कला भित्रै पसेर ! 

फिल्म हेर्नै खोजेको हो भने सोध दर्शकहरूले, 

क्यान्टोन्मेन्ट र बुढी गण्डकीको फाइल कहाँ छ ?

४ हजारलाई ३५ हजार भनेर लुटेको धन कहाँ छ ?

दश वर्ष मात्र होइन त्यस पछि आज सम्म पनि,

जनता सँग लुटेको, देश लुटेको कालो धन कहाँ छ ?

यती, ओम्नी देखी काण्डै काण्डहरूमा लुटेको धन कहाँ छ ?

तर बोल्ने छैनन् उनी हरू, किनकि उनीहरूलाई थाहा छ: 

"हम सब चोर हें, कोही छोटे तो कोही बढे" !!

 - रामप्रसाद खनाल


 अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक