20230513

बाबुराम भट्टराई अहिले भ्रष्टाचार विरोधी जस्तो देखिन खोज्नु, पानी माथिको ओभानो बन्न खोज्नु त्यहाँ भन्दा पाखण्ड के हुन सक्ला !

 
दश बर्से कथित जनयुद्धका नाममा सत्र हजार भन्दा बढीको हत्या, हजारौं अपहरण, बेपत्ता, घाइते पार्ने, जनता लुट्ने, चन्दा आतङ्क देखी बैङ्क लुट्ने र जनताको धन सम्पत्ति लुटेर प्रचण्ड सँगै मिलेर भ्रष्टाचार गर्ने अर्को अपराधी नाइके बाबुराम भट्टराई अहिले भ्रष्टाचार विरोधी जस्तो देखिन खोज्नु, पानी माथिको ओभानो बन्न खोज्नु त्यहाँ भन्दा पाखण्ड के हुन सक्ला ! खबरदार भ्रष्टाचार विरोधी अभियन्ता देखी जनता सम्म हो, यो पूर्व आतङ्ककारी भ्रष्ट सडक वा माइतीघर मण्डला वा अन्यत्र कहीँ सँग धर्ना मा बस्न आयो भने यसलाई लखेटिदिनुहोला । भाग बिलो मिल्दा सम्म मिलेर खाने देश जनता लुट्ने, भाग बिलो नमिले पछि अर्बौंका भ्रष्टाचारका फाइलको प्रमाण म सँग छन् भन्दै बार्गेनिङ गरेर हिँड्ने यो अपराधी पनि भ्रष्टहरूकै नाइके र मतियार दुवै हो । भ्रष्टाचार विरोधी अभियानमा यसको अनुहार देख्न नपरोस् । 

भ्रष्टाचार को परिभाषा पहिला राम्ररी बुझौँ - 'भ्रष्ट' र 'आचार' दुई शब्द जोडिएर 'भ्रष्टाचार' शब्द बनेको हो जुन शब्दले 'आचार नभएको' वा 'खस्किएको कारोबार' लाई जनाउँदछ । घुस खानु र दिनु मात्र भ्रष्टाचार होइन । आर्थिक भ्रष्टाचार, नैतिक सामाजिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचार अनेक प्रकारबाट भ्रष्टाचार हुन्छ गरिन्छ । बाबुरामले २०५२ साल यता प्रचण्ड सँग मिलेर वा भिडेर गरेका क्रियाकलाप बास्तबमा ती सबै भ्रष्टाचार हुन । सम्झिनुस् त यो पूर्व आतङ्ककारीले के के गर्‍यो बिगत देखी अहिले सम्म !

दूषित और निन्दनीय आचार विचार भी भ्रष्टाचार हे भनिन्छ हिन्दी भाषामा । अङ्ग्रेजीमा त Corruption is a form of dishonesty or a criminal offense which is undertaken by a person or an organization which is entrusted in a position of authority, in order to acquire illicit benefits or abuse power for one's personal gain. भनेर परिभासित गरिएको छ । 

नेपालको सन्दर्भमा प्रचण्ड एक नम्बरका भ्रष्टाचारी हुन हर हिसाबले, त्यस पछि देउवा, ओली, बाबुराम, माकुने देखी अधिकांश दल र दलका नेता कार्यकर्ता भ्रष्टाचारमा लिप्त छन् । भ्रष्टाचारलाई प्रोत्साहन गर्ने, त्यसका विरुद्ध नबोल्ने, भ्रष्टाचारीलाई भोट हाल्ने, बोक्ने, छोप्ने, लुकाउने बँचाउने त्यो पनि अर्को भ्रष्टाचार हो । त्यसैले सबैलाई सबैभन्दा पहिला भ्रष्टाचारको परिभाषा बुझ्न र भ्रष्टहरू बाट टाढै रहेर मात्र भ्रष्टाचार विरुद्धका अभियान सँचालन गर्न, सचेत हुन सबैमा विनम्र आग्रह ।

 अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक