20230514

बंगलादेशको कक्सबजारमा रहेको विश्वकै सवैभन्दा ठूलो शरणार्थी क्यम्पमा रहेका शरणार्थीहरु सो आँधिबाट प्रभावित

 बंगलादेशको पूर्वी क्षेत्रमा आँधिबाट प्रभावित ५ लाख नागरिकको उद्धार गरिएको छ । मोखा नाम दिईएको आँधिको सम्भावित खतराबाट जोगाउनका लागि उनिहरुको उद्धार गरिएको हो । १ सय ७० किलोमिटर प्रतिघण्टाको दरमा आएको आँधी र तुफानले १२ फिटसम्म पानीको छाल उत्पन्न गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । बंगलादेशको कक्सबजारमा रहेको विश्वकै सवैभन्दा ठूलो शरणार्थी क्यम्पमा रहेका शरणार्थीहरु सो आँधिबाट प्रभावित हुने देखिएको छ । जहाँ झण्डै १० लाख शरणार्थी अस्थायी टहरामा बस्दै आएका छन ।

सो शरणार्थी शिविरमा वर्षा समेत जारी रहेकाले सचेतना स्वरुप रातो झण्डा देखाईएको छ । बंगलादेशमा आएको मोखा नामक सो आँधी दुई दशक यताकै सवैभन्दा शक्तिशाली भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

उद्धार गरिएकाको बासस्थानका लागि १ हजार ५ सयवटा शरणस्थलको निर्माण गरिएको छ । सो मौसमी प्रणाली अहिले बंगलादेश र म्यानमारको तटीय क्षेत्रतर्फ बढिरहेको बताईएको छ । प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सचेत रहन र माछामार्ने काम रोक्न माझीहरुलाई आग्रह गरिएको छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक