20230514

नक्कली शरणार्थी प्रकरण : थप दुइलाई पक्राउ पुर्जी, १२ जनालाई ४ दिन म्याद थप, लहरो तान्दा पहरो खस्ने सम्भावना, दोशी रहेका मानिएका तिनै नेताको बैठक जारी


 नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान प्रतीक थापाविरुद्ध पनि सोझिएको थियो । प्रतीक पनि यसमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । त्यस्तै, प्रहरीले कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १२ जना प्रकाउ परिसकेका छन् । भने पुर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोप बहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख दलका शीर्ष नेताबीच अहिले छलफल भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कंग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भइरहेको हो ।

बैठकमा संसदको प्रभावकारी सञ्चालन, संसदीय समिति गठन, सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले दावी गरेको छ । पछिल्लो समय नक्कली भूटानी शरणार्थी प्रकरणमा शीर्ष नेताहरु मुछिदै गएपछि उत्पन्न राजनीतिक तरंगकाबीच नेताहरुको भेट बाक्लिदै गएको छ । नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानले तीव्रता पाएपछि प्रधानमन्त्री दाहाल, कंग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच यसअघि पनि दुई पटक भेटवार्ता भएको थियो ।

यता  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल बिद्यि बिज्ञान प्रयोगशालामा पठाईएको छ ।

प्रहरीले पक्राउ पर्नु अघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै ‘मोबाइल फरम्याट’ गरेकाले ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाईएको हो ।

‘सचिव पाण्डेको मोबाइल पनि फरम्याट गरिएको थियो, प्रयोगशालामा लगेर डाटा रिकभर गरे पछि पुर्व मन्त्री खाँडकाे पनि सलंग्न रहेको प्रमाण मिलेको थियो,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘त्यसैले खाँणको पनि मोबाइल प्रयोगशालामा पठाईएको हो, डाटा रिकभरी भए पछि थप प्रमाण भेटिने आशा गरेका छौं ।’

उनका अनुसार आज पनि सरकारी वकिल कार्यालयमा खाँणको बयान जारी रहने छ । हालसम्म खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाईके केशव दुलाल र सानु भण्डारीसँग आफनो भेटघाट र चिनजान भएको स्विकार गरेका छन । थप अनुसन्धानका लागि सरकारी वकिलको रोहवरमा उनीसँग वयान लिइदैछ ।

जिल्ला अदालत काठमाडौंले खाँणलाई तीन दिनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिएको थियो । सोही अनुमति अनुसार आजसम्म खाँण प्रहरी हिरासतमा नै रहेका छन भने आजै उनलाई अदालत लगेर थप म्याद लिने तयारी प्रहरीकाे रहेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा उच्च तहका राजनीतिक नेतृत्व नै मुछिन थालेपछि देशभर भ्रष्टाचार विरोधी अभियान सुरु भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरू धमाधम पक्राउ पर्दै गएपछि सर्वसाधारण र नागरिक अगुवाको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियान देशभर फैलिँदै गएको हो । भ्रष्टाचार विरोधी अभियान नागरिकस्तरबाटै उठ्दै गएपछि सरकारको नेतृत्व गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोसमेत आत्मबल बढेको छ ।

शनिबार देशका विभिन्न स्थानमा नागरिकस्तरबाटै उठेको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई समेत खबरदारी गर्दै प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमा सर्वसाधारण नागरिक, राजनीतिक दलका कार्यकर्ता, नागरिक अगुवाहरू सहभागी हुँदै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमार्फत भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरिएको छ ।

प्रदर्शनमा सहभागीले ‘करोडौंको महल तिमीलाई कसले किन्दियो?, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने ? जस्ता नारा लेखेको प्लेकाड प्रदर्शन गरेका थिए भने प्रदर्शनकारीले कारबाही प्रक्रिया अघि बढाउँदा खुट्टा नकमाउन सरकारलाई खबरदारीसमेत गरेका छन् ।
शनिबार नै काठमाडौंको नक्सालस्थित नारायण चौरमा समेत भ्रष्टाचार विरोधी प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा चिकित्सक डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले खुट्टा नकमाई दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताए । उनले नक्कली शरणार्थी प्रकरणमा अन्य ठूला नेताको पनि संलग्नता रहेको हुन सक्ने आशंका गर्दै विस्तृतमा छानबिन हुनुपर्ने माग गरे ।

‘नक्कली शरणार्थी प्रकरणमा अन्य ठूला नेताको पनि संलग्नता हुन सक्छ, विस्तृतमा र निष्पक्ष छानबिन हुनुपर्छ, शीर्ष नेता दोषी रहेको पाइयो भने पनि उनीहरूलाई कारबाही हुुनपर्छ,’ केसीले भने ।

नक्सालमा आयोजित भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसमेत पुगेका थिए ।

भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुने कुरामा आशंका रहेको भन्दै त्यसतर्फ निरन्तर खबरदारी हुनुपर्ने र सरकारले दह्रोसँग खुट्टा टेक्नुपर्ने बताए । तर, अस्थिर सरकार रहेका कारण जताततै आशंका भने रहेको उनले भनेका छन् ।
नक्सालमा आयोजित कार्यक्रममा सहभागी रास्वपाका सभापति लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रियस्तरमा देखाउनु राम्रो भएको बताए । लामिछानेले अन्य धेरै काण्डको अनुसन्धान गर्नुपर्ने र फाइल खोल्नुपर्ने समय आएको भन्दै त्यतातर्फ सरकार लाग्नुपर्ने बताए ।

नागरिक अगुवा सुसन वैद्यले भ्रष्टाचारमा संलग्न नरहेका व्यक्ति कतै भाग्नु नपर्ने भन्दै निर्दोष व्यक्तिले अनुसन्धानमा सघाउनुपर्ने बताए ।
उनले भ्रष्टाचारमा संलग्न दाइ भाउजू वा आफ्नै परिवारका अन्य कोही सदस्य दोषी रहेको पाइए पनि कारबाही हुनुपर्ने औंल्याए ।
बृहत् नागरिक आन्दोलन पोखराले शनिबार पोखरामा कविता र सडक नाटकसहित प्रदर्शन गरेको छ । पोखरामा कवि बाबु साहेबले राजनीतिक दलबाटै भइरहेको बेथितिविरुद्ध नागरिकलाई ‘अब त बोल्नुपर्छ’ भन्दै भ्रष्टाचारविरुद्ध मुख खोल्न आग्रह गरे ।
कार्यक्रममा पोखरा थियटरका कलाकारले सडक नाटक प्रस्तुत गर्दै भ्रष्टाचार, राजनीतिक दलका चलखेल र हस्तक्षेपविरुद्ध नाटकमार्फत सांकेतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

यसैगरी, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणको निर्वाचन क्षेत्र रुपन्देही–३ मा पनि शनिबार भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको छ । खाँणको निर्वाचन क्षेत्र रहेको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले जनस्तरबाटै उठेको आवाजलाई सरकारले सुन्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने बताउँदै आइरहेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परिसकेका छन् । उनी प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् ।

यसैगरी, नेकपा एमालेले पार्टीबाट कारबाही गरेका एमालेका सचिव टोपबहादुर रायमाझीको समेत सो प्रकरणमा संलग्नता रहेको भन्दै प्रहरीले खोजी गरिरहेको छ । उनी प्रहरीको फरार सूचीमा छन् । प्रहरीले हालसम्म नक्कली शरणार्थी प्रकरणमा १२ जनालाई पक्राउ गरिसकेको छ ।

नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण सहितका अभियुक्तहरुलाई अनुसन्धान नपुगेको भन्दै म्याद थपका लागि अदालत लगिएको थियो । प्रहरीले जिल्ला अदालत काठमाडौंमा यो प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतमा पेश गरेको हो ।

प्रहरीले खाँणमाथी थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप चार दिनको म्याद लिएको छ । यसअघि लिएको तीन दिनको म्याद आजै सकिदै थियो ।

नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहिवार पक्राउ गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

सरकारी वकिलको कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न माग गरेको हो। त्यसअनुसार नै आइतबारदेखि लागु हुनेगरी चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। 

यस्तै सरकारी वकिलको कार्यालयले पनि यही चार दिनभित्र अनुसन्धान सकिनेगरी म्याद मागेको प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। 

आइतबार कार्यालयले पूर्वगृहमन्त्री खाणका पिए नरेन्द्र केसीको बयान लिएको छ। अन्य पक्राउ परेका व्यक्तिहरूको बयान लगभग सकिसकेको छ। खाणको सम्भवत: भोलि बयान लिइने उनले बताए। 

यस प्रकरणमा पूर्वगृहमन्त्री खाण, उनका पिए केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्। 

टोपबहादुर रायमाझी, इन्द्रजितका छोरा निरज र बादलका छोरा प्रतीक थापा फरार छन्।  

प्रहरीले यस घटनाको अनुसन्धान ठगी तथा संगठित अपराध कसुरमा अनुसन्‍धान गरिरहेको छ। यस सम्बन्धमा मुद्दा बुझाउन प्रहरीसँग समय कम छ। 

संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीले ६० दिन सम्म हिरासतमा राख्न पाउँछ। तर त्यो समयअगवै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउनुपर्छ। 

त्यसपछि सरकारी वकिलले प्रतिवेदन अध्ययन गरी अदालतमा मुद्दा दर्ता गर्नुपर्ने व्यवस्था छ। यस प्रकरणको अनुसन्धान चैत १२ गते देखि हुँदै आएको छ।


तस्वीरमा हेर्नुहोस्







अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page 








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक