20230515

स्वर्गद्वारी पुग्दा लाग्छ आहा हामी साँच्चै सानो स्वर्गमा आई पुग्यौं !

- भूपनारायण घर्तिमगर / नेपाल मदर डट कम


भिडियोमा स्वर्गद्वारीको बारेमा सचित्र बर्णन हेर्न यसमुनिको भिडियो क्लिक गर्नुहोस    

 समुन्द्र सतहबाट लगभग २१००  मिटरको उचाईमा रहेको प्यूठान  जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ मा अवस्थित स्वर्गद्वारी  साँच्चिकै सुन्दर, शान्त,रमणीय र  अलौकिक स्वर्गतुल्य नै छ।महाभारत कालमा पाँच पाण्डवहरू स्वर्ग जाने क्रममा यज्ञ गरेको स्थान भएकोले स्वर्गद्वारी नाम रहन गएको भन्ने लोक मान्यता रहेकोछ।बि• सं १९१६ साल श्रावण शुक्ल एकादशीका दिन साविकको सखी गा• बि• स• वडा ९ रून्टी रोल्पाको गौतम(खत्री) परिवारमा जन्मनु भएका  महाप्रभु ( बाल्यकालको  नाम:- नारायण) जन्मको छैठौं दिनमा आमाले मासु खाएको थाहा पाएर आमाको दुध खान छाड्नु भएछ।तत्पश्चात  गाईको दुध खाएर महाप्रभुको  भौतिक देह हुर्किए छ।महाप्रभु  सानैदेखि विलक्षण प्रतिभा भएको र अपत्यारिला(सामान्यरुपमा बालकले गरेको हो भनेर पत्यार लाग्न नसक्ने )कृयाकलापहरू गर्नु भएको कुरा  अहिले पनि सुन्न पाईन्छ।महाप्रभु  सानै उमेरमा गाउँ नजिकैको  ओंडारमा ध्यान/तपस्या गर्न थाल्नु  भएछ।महाप्रभुको यस्ता गतिविधिले  बुवा आमा लगायत आफन्तजनहरू चिन्तित हुनुहुन्थ्यो रे।आफ्नो सानै  उमेरको छोराको विलक्षण गतिविधी देखेर बुवा आमालाई चिन्ता लाग्नु  स्वाभाविक नै थियो।साक्षात नारायणको जन्म आफ्नै घर गाउँमा भएको बुवा आमा र आफन्तजनलाई कसरि थाहा हुन्थ्यो र ?

भनिन्छ घरपरिवार र आफन्तहरूको दवावबाट टाढा हुन महाप्रभुले आफुलाई कुष्ठरोग लागेको लीला पनि गर्न परेको थियो रे। गाउँमा कहिले  आफन्त परिवारहरूको संसारिक मोहजालको दवाब त कहिले कुटी बनाएको गोठै जलाई दिने जस्ता घटनाले महाप्रभु  बि•सं १९५१ सालमा स्वर्गद्वारी क्षेत्रमा आईपुग्नु भयो।स्वयं  नारायणको अंशको रूपमा जन्मनु  भएका महाप्रभु  सम्पूर्ण ज्ञानले  भरपुर हुनुहुन्थ्यो नै।साथसाथै त्यो  समय सम्ममा महप्रभुका चेलाहरू  पनि बनिसकेका थिए।तत्कालिन  समयमा हालको स्वर्गद्वारी ठूलै जंगलक्षेत्र भएकोले गोठालाहरूको गाई  गोठ चरिचरण क्षेत्र थियो रे।महाप्रभुले ति गोठालाहरूलाई यो  महाभारत कालमा पाँच पाण्डवहरूलेयज्ञ गरेको पवित्र स्थल हो।म यहाँ  यज्ञ शुरू गर्छु।तपाईहरूले गोठ  सार्नुहोस भनेर अनुरोध गर्नु भएछ।तर गोठालाहरूले नपत्याए पश्चात  उक्त स्थानमा खनेर हेर्दा पुरानो यज्ञ स्थल र यज्ञ सामग्रीहरू भेटिएछन्।उक्त घटना पश्चात गोठालाहरूले गोठसार्न मञ्जुर भएछन्।अनि उक्त  स्थानमा महाप्रभुले वैदिक विधी   मन्त्रोच्चारणका साथ बि•सं १९५२ साल बैशाख पूर्णिमाको दिनबाट विश्वशान्तिका निम्ति अखण्ड महायज्ञ शुरू गराउनु भयो।बैदिक  मन्त्रोच्चारणबाट यज्ञ गरिरहेकै  समयमा ब्राह्मण श्री टिकाराम गौतमज्यूको मुखबाट अग्नि उत्पन्न भईन।सोही पवित्र यज्ञ स्थलमा  सोही पवित्रअग्निलाई अखण्डित राख्दै हालसम्म वैदिक विधीपूर्वक अखण्ड महायज्ञ  सञ्चालित हुदै आएको छ।यस बाहेक स्वर्गद्वारीका अन्य धेरै  महत्वपूर्ण कुराहरू उजागर हुन् बाँकिछन्।स्वर्गद्वारी पुगेर सिक्न बुझ्न र  हेर्न लायक अन्य धेरै पक्ष र पाटाहरू पनि  छन्।तथापी यहा मूख्य मूख्य  कुराहरूलाई बुदागत रूपमा संक्षिप्त तवरले बर्णन गर्न गैरहेको छु।

१:- "अखण्ड महायज्ञ"

महाप्रभुको तपोभूमि पवित्र तीर्थस्थलको निकै महत्वपूर्ण पक्ष मध्य अखण्डमहायज्ञ  स्थल/कुण्ड पनि हो।विश्व शान्तिको कामना सहित यो यज्ञकुण्ड महाप्रभुले बि•सं १९५२ साल  बैशाख पूर्णिमाको दिनदेखि सञ्चालन गर्नु भएको हो।यो अखण्ड यज्ञ  कुण्डमा प्रज्वलित भईरहेको अग्नि  कृतिमतवरले उत्पन्न गरेको नभई  वैदिक मन्त्रोच्चारण गर्दागर्दै ब्राह्मण श्री टिकाराम गौतमज्यूको मुखबाट  उत्पन्न भएको भन्ने भनाई छ।बर्तमानको यज्ञ कुण्डमा पाँच पाण्डवहरूले स्वर्ग जाने क्रममा यज्ञ गरेका थिए।उक्त कुराको पुष्ट्याई यज्ञ शुरू  गर्नु अगाडी महाप्रभुले यज्ञ स्थलको उत्खनन गराई पुराना कोईला,चरूका अवशेष तथा घण्टी आदि भेटाएर गर्नुभएको थियो।

उक्त पवित्र अखण्ड महायज्ञ कुण्डमा दैनिक नित्य पूजा हुन्छन्।मूख्य  यज्ञकुण्ड सहित पाँच वटा यज्ञ कुण्ड छन्।सबै यज्ञ कुण्ड महाप्रभुले शुरू गर्नु भएदेखि अखण्डित रूपमा  प्रज्वलित हुदै आएका छन्।ब्यासासनको नजिकै अखण्डित दिप प्रज्वलित हुदै आएको छ।पूजा गर्दा मूख्य कर्ता स्वयं महाप्रभुलाई नै  स्थापित गरेर गरिन्छ।उक्त  पूजाआजा पूर्ण वैदिक विधी विधान अनुसार गरिन्छ।पूजाआजामा २४  ब्राह्मणहरू संलग्न हुन्छन्। नित्य  पूजाआजा पश्चात आरती, अभिशेख,तिलकप्रसादी तथा पञ्चामृत वितरण गरिन्छ।स्वर्गद्वारी जाने हरेक  श्रद्धालुले यि पुजाहरू नछुटाएर  महाप्रभुले शुरू गर्नु भएको अखण्ड महायज्ञको द्रष्टा बन्दै आशिर्वाद लिदा अति राम्रो हुनेछ।

२:- "मूख्य मन्दिर"

मूख्य मन्दिर स्वर्गद्वारी पवित्र तीर्थस्थलको अर्को महत्वपूर्ण पक्ष हो।अखण्ड यज्ञ कुण्डदेखि नजिकै रहेकोमूख्य मन्दिर महाप्रभुको समाधिस्थल पनि हो।महाप्रभु भगवान शिवको  अंश (नारायणको अंशको रूपमा  धर्तीमा जन्मनु भए पनि सन्यास  पश्चात शैवमार्गी बन्नु भयो) हुनु  भएकोले उहाँको समाधिको माथि  शिवलिङ्ग स्थापना गरिएको छ।उक्त मूख्य मन्दिरमा दैनिक नित्य पूजाआजा गरिन्छ।नित्य पूजाआजा  पश्चात भक्तजनहरूलाई तिलकपाति,अभिशेख,प्रसादी तथा पञ्चामृत  प्रदान गरिन्छ।मन्दिर दर्शन  पूजाआजा पश्चात हरेक भक्तजनहरूलाई प्रसादी बितरण कक्षबाट  निशुल्क प्रसादी बितरण गरिन्छ।ग्रह शान्ति,रूद्री,लघुरूद्री,पुराण आदि लगाउन चाहने भक्तजनहरूलाई न्यूनतम शुल्क लिएर सेवा प्रदान पनि गरिन्छ ।

३:- "गुप्ति सागर" (गुफा)

स्वर्गद्वारी मूख्य मन्दिर परिसरबाट दक्षिण पश्चिमतर्फ १५ मिनेटको पैदल दुरीमा यो पवित्र गुफाअबस्थित छ।महाप्रभु उक्त गुफाको माध्यामबाट  स्वर्गद्वारीबाट लगभग ४ देखि ५ किलोमिटर(aeronautical Kilometerवैमानिक(बायुयानबाट मापित किलोमिटर)टाढा रहेको माडी  (माण्डवी) नदीमा स्नान गर्न जाने  आउने गर्नु भएको  कुरा जानकारहरूबताउछन्।उक्त गुफाको मार्गबाट  केही भक्तजनहरू प्रवेश गर्दै माडी(माण्डवी)नदी तर्फ जाने प्रयत्न गरेकाले सुरक्षाको दृष्टिले केही समय अगाडी नेपाली सेनाले उक्त गुफाको मार्ग बन्दगरेको बुझिन आएको छ।तर  गुफाको मूख्य द्वार सहित छोटो खण्डभक्तजनहरूका निम्ति खुल्ला  राखिएको छ।स्वर्गद्वारी पुग्ने धेरै  भक्तजनहरू उक्त गुप्ति सागर (गुफा)को दर्शन गर्न पुग्छन्।

४:- "जल कुण्ड"

स्वर्गद्वारी मन्दिर परिसरबाट पूर्व  दक्षिण तर्फ पैदल १० मिनेटको दुरीमाउक्त जलकुण्ड अबस्थित छ।

बि•सं १९५१ सालमा महाप्रभु  स्वर्गद्वारी आउदा हालको मन्दिर परिसर जंगलले भरिभराउ गोठालाहरूको  गोठ रहेछ।महाप्रभुले यो स्थानमा  विश्व शान्तिका निम्ति महायज्ञ गर्नु  पर्यो।तपाईहरूले यि गाई गोठ  यहाँदेखि अलिक तल तिर सार्नुहोस भन्नु भए छ।गोठालाहरूले तल त्यो  ठाउँमा पानी छैन।त्यहाँ गाईलाई  कसरी लालन पालन गर्ने भनेर  भनेछन्।तत्पश्चात महाप्रभुले  त्यो ठाउँमा जाउ पानी पाउने छौ,भनेरपठाउनु भएछ।ग्वालाहरू उक्त  स्थानमा पुग्दा पानी पाए छन्।यसप्रकार महाप्रभुको प्रतापले उक्त स्थानमा पानी उत्पन्न हुन पुगेछ र अहिलेसम्म पनि  निरन्तर जल प्रवाह भईरहेको छ।उक्त जल पिउनमा सफा र मिठो छ।मन्दिरको नित्य पूजामा उक्त जलनै प्रयोग गरिदो रहेछ।

५:- "श्री वालतपस्वी वेद विद्यालय गुरूकुलम् "

स्वर्गद्वारी आश्रम परिसरमा आश्रमकै रेखदेख र खर्चमा कक्षा १२ सम्मको विद्यालय सञ्चालित छ।उक्त विद्यालयमा हाल १२० जना विद्यार्थीहरू अध्ययनरत छन्।विद्यार्थीहरूलाई सरकारी पाठ्यक्रम अनुसार नै पठनपाठन गराईन्छ।साथसाथै संस्कृत भाषा,वेद तथा कर्मकाण्ड सम्बन्धि पठनपाठन गराईन्छ।विद्यार्थीहरूको पठनपाठन,खानपिन तथा सम्पूर्ण खर्च आश्रमलेनै ब्यहोर्दै आएको छ।आधुनिक शिक्षा प्रदान गर्नुको साथसाथै वैदिक आध्यात्मिक रूपले दीक्षित पनि गरिन्छ। यहाँबाट पढेका सयौं विद्यार्थीहरूले सांस्कृतिक दूतको काम गर्दै समाजमा आध्यात्मिक धार्मिक ज्ञानको प्रकाश पुञ्जित गरि रहेका छन्।उक्त विद्यालयलाई अझै बिकसित गर्न आवश्यक छ।सक्दो योगदान गर्न चाहनेहरूले आश्रममा सम्पर्क गरेर सहयोग उपलब्ध गराउन सक्नु हुनेछ।तपाई हामी सबैको सद्भाव, सहयोग र ऐक्यबद्धताको उक्त विद्यालय र आश्रमलाई आवश्यक छ।

६:- "गौशाला"

महाप्रभुले अखण्ड महायज्ञको शुरूवात गरे पश्चात गौशालाको स्थापना गरिगौसेवाको शुरूवात गर्नु भएको रहे।अहिले पनि स्वर्गद्वारी आश्रमले उक्त गौशालालाई अखण्ड रूपमा सञ्चालन गर्दै आएको छ।हाल मन्दिर  परिसर नजिकै ब्यबस्थित गौशाल  सञ्चालित छ।उक्त गौशालामा  लगभग ३५०  गाईहरू छन्।मूख्य गौशालादेखि तल रूमाले भन्ने ठाउँमा १५० जति गाईहरू छन्।यसरी जम्मा ५०० जति गाईहरू हालस्वर्गद्वारी आश्रमले लालन पालन गर्दै आएको छ।निकै तल बेसीबाट  पानी ३ खण्डमा लिफ्ट गरेर भक्तजनहरू तथा गाईहरूलाई पुर्याउनु  आश्रमलाई निकै ठूलो जिम्मेवारी र आर्थिक दायित्व छ।भक्तजनहरूले  दान गरेका दाना नुन आदिले नपुगेर गाईहरूलाई दाना,नुन आदिको खर्च बर्षमा १ गाई बराबर लगभग ११०००(एघार हजार) रूपैयाँ जति आउदो  रहेछ।स्वर्गद्वारी आश्रमले अहिलेसम्म औपचारिक रूपमा आव्हान नगरे  पनि केही गौसेवाप्रेमी भक्तजनहरूले स्वेच्छाले दान गर्ने गरेको पाईयो।यो स्तम्भकार म भुपनारायण  घर्तिमगरले पनि एउटा गाईलाई १ बर्षमा आवश्यक पर्ने रू• ११०००(एघार हजार) रकम चन्दा/सहयोग स्वरूप उपलब्ध गराए।उक्त सानो सहयोग रकम उपलब्ध  गराउने अवसर पाउदा मैले आफुलाई भाग्यशाली ठानेको छु।महाप्रभु को आशिर्वादले बाँचुञ्जेल निरन्तरता दिन पाउनेमा ढुक्कताका साथ  आशावादी छु।गौप्रेमी तथा सनातन  धर्म संस्कृतिका पक्षधर सम्पूर्ण श्रद्धालुहरूलाई कम्तिमा एउटा गाईलाई आवश्यक पर्ने रकम रू• ११०००(एघार हजार) सहयोग गर्नु हुन विनम्रता पूर्वक अनुरोध गर्द छु।उक्त पवित्र  कार्यका निम्ति निम्न महानुभावज्यूहरूलाई सम्पर्क गर्नु हुन अनुरोध छ।


सम्पर्क ब्यक्तिहरू:-

श्री कमल मिश्र (लेखापाल):-  9857860265

श्री तामो प्रसाद न्यौपाने (कोठारी):-  9857860266

(अनुरोध:- उहाँहरू मार्फत स्वर्गद्वारी आश्रमको बैंक खाता नम्बर लिएर बिद्युतीय माध्यामबाट सहयोग राशी दान गर्न सक्नु हुनेछ।)

विश्व शान्तिका निम्ति महाप्रभुले शुरू गर्नु भएको अखण्ड महायज्ञको आवश्यकता र महत्व आज झनै बढी छ।एकातिर विश्व राजनैतिक एवं आर्थिक रस्साकस्सीले तनाबग्रस्त बन्दै अशान्ति उन्मुख बनिरहेको छ।अर्कोतर्फ सनातन संस्कृति उपरको अतिक्रमण र आर्थिक परनिर्भरताले नेपाल अशान्ति एवं अस्थिरता तर्फ जाला भन्ने ठूलो आशंका छ।यस्तो अवस्थामा सनातन संस्कृति एवंशान्ति प्रेमीहरू तन,मन र धनले स्वर्गद्वारी आश्रमसंग जोडिदै महाप्रभु ले शुरू गर्नु भएको विश्व शान्तिको महायज्ञलाई अखण्डित रूपमा अगाडी बढाउने महान पवित्र कार्यमा लामवद्ध हुन आवश्यक छ।

स्वर्गद्वारी आश्रम आफैमा धेरै हदसम्म सक्षम छ।महाप्रभुले महायज्ञ  सञ्चालन गरेर आर्जित रकमबाट  दाङ्गमा १८०० बिगाहा भन्दा बढी  जग्गा जमिन खरिद गर्नु भएको रहेछ।ति जग्गा जमिनहरू मध्य बिद्यालय, पाटीपौवा,मोही,सार्वजनिक स्थल आदिलाई छुटाएर पनि हाल स्वर्गद्वारी आश्रम निजी गुठीको नाममा दाङ्ग जिल्लाको बिभिन्न स्थानमा १०५० बिगाहा जग्गा जमिन रहेका छन्।ति जग्गा जमिनहरूबाट अशान्ति  कालमा आश्रमलाई आम्दानी आएन छ।तर पनि महाप्रभुको कृपाले  आश्रम निरन्तर चलिनै रह्यो।हाल  धेरै जसो जग्गा जमिन चलाउनेहरूले आम्दानी दिदै आएको बुझियो।तर बाहिरका जानकारहरूबाट बुझ्दा दशकौंदेखि भूमाफियाहरू स्वर्गद्वारी आश्रमको जग्गा जमिन हड्प्न लागेकोबुझ्नमा आयो।बिगतमा सर्बोच्मा  परेको रिट उपर पनि स्वर्गद्वारी निजी गुठी मात्र नभएर विशेष प्रकारको  निजी गुठी हो र यसको संरक्षण गर्नु राज्यको/सरकारको दायित्व हो  भनेर आदेश गरेको थियो भन्ने पनि  बुझ्न सुन्नमा आयो।केही समय  अगाडी काठमाण्डौ वासी एवं  न्यायप्रेमी नेपालीहरूको आन्दोलनले असफल भएको गुठी विधेयक  स्वर्गद्वारी आश्रमकै १०५० बिगाहा  जग्गा जमिनलाई पनि लक्षित गरि  ल्याईएको थियो भनेर पनि भनिन्छ।

तसर्थ सनातन धर्म संस्कृतिको रक्षार्थ,भूमाफिया एवं भ्रष्टाचारीहरूको गिद्धे दृष्टिबाट बचाउदै विश्व शान्तिका  निम्ति महाप्रभुले शुरू गर्नु भएको  अखण्ड महायज्ञलाई चीर कालसम्म निरन्तरता दिने पवित्र कार्यमा  ऐक्यबद्धता जानाउनु हरेक सनातन संस्कृति प्रेमीको दायित्व बनेको छ।उक्त महान पवित्र कार्यमा जो जहाँ छौं,त्यहीबाट जोडिदै सक्दो सहयोग गरौं।स्वर्गद्वारी लगायत धार्मिक एवं  सांस्कृतिक धरोहरहरूलाई सिध्याउने भ्रष्टाचारीहरू र भूमाफियाहरूको  कपटी जालझेल चालबाजीलाई  खबरदारी गर्दै असफल बनाऔं।सकेसम्म एक पटक स्वर्गद्वारी पुगेर  महाप्रभुको आशिर्वाद लिऔं।स्वर्द्वारी पुग्न पूर्व पश्चिम राजमार्गको दाङ्ग भालुवाङ स्थित राप्ती नदीको किनारै किनार प्यूठानको भिङरी हुदै पक्की मार्गबाट स्वर्गद्वारी पुग्न  सकिन्छ।अर्को तर्फ दाङ हुदै  रोल्पाको होलेरीबाट पनि पुग्न  सकिन्छ।आश्रममा सुलभ दरमा   खाने  बस्नेको ब्यबस्था रहेको छ।तर शुक्रबार,शनिबार साँझ र ठूला चाडवाड पर्वहरूमा धेरै भक्तजनहरूको उपस्थिति रहने गरेको छ।निजीक्षेत्रले आश्रमदेखि तल निजी  जमिनमा लज,होटेल तथा कटेजहरू सञ्चालन गर्न सक्ने प्रशस्त संभावनादेखिन्छ।धर्मशाला आदि बनाएर  योगदान गर्न चाहने दाताज्यूहरूले पनि आश्रममा सम्पर्क गरे अति राम्रो हुन्थ्यो होला।जे जसरी र जहाँबाट  भए पनि आआफ्नो तह र क्षेत्रबाट जोडिदै महाप्रभुले शुरू गर्नु भएको अखण्ड महा-यज्ञमा सक्दो योगदान गर्नअति आवश्यक छ।

स्वर्गद्वारी महाप्रभुले सबैको कल्याण गरून।श्री १०८ स्वर्गद्वारी महाप्रभु   महाराजकी जय जय जय!!! 

***

नेपाल मदर डट कमका लागि भूपनारायण घर्तिमगरले २ दिन अघि पठाउनुभएका र प्रकाशित भिडियो र तस्विर सामग्री यहाँ तल पनि समेटिएका छन  :

आज धार्मिक कुरा गरौं : पवित्र तीर्थस्थल स्वर्गद्वारी, प्युठान, नेपालको दर्शन गर्नुस र बुझ्नुस यसको बिशेषता भिडियो र फोटोहरुमा !


 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक