20230522

अहिले नेपालमा उच्च तहका नेताहरूको हर्कतले देशको इज्जत र गौरव लोप : पूर्वराजा ज्ञानेन्द्र शाह

 धनगढी / पूर्वराजा ज्ञानेन्द्र शाहले स्वाभिमानी नेपालीको अस्तित्व छ या छैन भन्ने कुरामा प्रश्न उठेको बताएका छन्। सोमवार धनगढीमा भएको नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन। उनले अहिले नेपालमा उच्च तहका नेताहरूको हर्कतले देशको इज्जत र गौरव लोप भएको बताए । उनले भने, ‘नेपाली जनतालाई आफ्नो भू-भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ। देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ।’ उनले प्रश्न गरे, ‘उनले के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको परालम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन?’ शाहले भने,‘यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको छ।’




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक