20230520

बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उडान स्थगित !

 
जनकपुरधामबाट काठमाडौँका लागि उड्न भर्न लागेको बेलामा बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको छ । आज बिहान ८ः३० बजे जनकपुरधामबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमानमा मुसा देखेपछि उडान स्थगित भएको विमानस्थल सुरक्षाका लागि खटिनुभएका प्रहरी सहायक निरीक्षक रामाकान्त चौरसीयाले जानकारी दिनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बुद्ध एयरको विमानमा मुसा देखिएको पुष्टि गर्नुभयो  । ४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएपछि उक्त विमान उड्डयन स्थगित गरेर बुद्ध एयरले अर्को विमान पठाएर यात्रीहरूलाई काठमाडौँ लगेको थियो । 

कुनै यात्रीको लगेजमार्फत नै विमानमा मुसा पसेको आशङ्का गरिएको छ । अहिले विमानलाई सरसफाइ गर्ने काम भइरहेको छ । काठमाडौँबाट इन्जिनियर बोलाएर प्राविधिक परिक्षण गरेपछि मात्रै उक्त विमान उडान गर्ने प्राधिकरणले जनाएको छ । जनकपुरधामको विमान स्थलमा बुद्ध एयरको जुलेट लिमा नामक विमान अहिले पनि रहेको र सरसफाइ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक