20230526

मेरीबास्सैबाट बाहिरिएका घिरौंले अर्थात लेखान्त भुसाल र बैकुण्ठे अर्थात रमेश बुढामगरले सँयुक्त निर्देशनमा नयां सिरियल ‘भाविको लेखान्त’ आउँदै, शुभकामना लेखान्त र टिमलाई !

 काठमाडौं । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिसिरियल ‘मेरी बास्सै’बाट हालसम्म धेरै कलाकार बाहिरिएका छन् । उनीहरुले पछिल्लो समय आ आफ्नै टेली फिल्महरु निर्माण गर्दै आएका छन् । मेरीबास्सैबाट बाहिरिएका घिरौंले अर्थात लेखान्त भुसाल र बैकुण्ठे अर्थात रमेश बुढामगरले सँयुक्त निर्देशनमा नयां सिरियल भावीको लेखान्त तयार गरेका छन् ।



मेरीबास्सैबाट बाहिरिएका अन्य कलाकारहरुलाई पनि आफुहरुले यो सृँखलामा समेट्दै जाने उनीहरुले बताएका छन् । बिहिबार एक समारोहबीच यी दुईले यो टेली सृँखलाको ट्रेलर रिलिज गरेका छन् । यो सृँखला अब यही आइृतबारबाट हरेक साता सुरुमा युट्युव च्यानल र त्यसपछि युट्युवसँगै टेलीभिजनबाट प्रशारण गर्ने बताएका छन् ।

यस सिरिजको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका हुन् । धादिङमा खिचिएको यस सिरिजको ८ भाग तयार गरिएको छ भने बाँकी भागको छायांकन बिस्तारै हुने उनीहरुले बताएका छन् ।

भविको लेखान्तका निर्माता तथा मुख्य कलाकार लेखान्त भुषालले आफुलाई मेरी बास्सै सिरियलबाट निकालेर यो नयाँ काम गर्ने अबसर प्राप्त बताए  ।

सिरिजका निर्देशक सुरेन्द्र थापाले पछिल्लो समय भइरहेको सिरिजहरुको भिडमा आफुहरु पृथक भएर अघि बढ्ने र दर्शकको माया पाउने विश्वास राखे ।


मेरीबास्सै सहित विभिन्न टेलि सिरियलबाट बाहिरिएका कलाकारहरुले सो कार्यक्रममा बोल्दै अब आफुहरुले स्वतन्त्र रुपमा सिरियल बनाउँदै जाने बताए । कार्यक्रममा दमन रुपाखेतीले भने,‘हामीले धेरै लाई आर्थिक रुपमा धेरै सबल बनायौं तर हामीलाई नै निकालियो । अब आफ्नै लगानीमा सिरियल गर्ने तर मिडिया हबको कुनै पनि सिरियल तथा कार्यक्रममा काम नगर्ने घोषणा आजबाटै गर्दछु ।’ उनले सो कार्यक्रममा भने ।

मेरी बास्सैबाट छुट्टिएका बेगम नेपाली अर्थात भटभेट माईलाले पनि भाविको लेखान्तलाई शुभकामना दिँदै मेरी बास्सैबाट हटाईएपछि आफुहरुले ठुलो प्रगति गरेको बताए ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले भाविको लेखान्तलाई शुभकामना दिँदै भने, ‘निर्मातासँग लिखिच सम्झौता गरेर काम गरेका कलाकारलाई पारिश्रमिक नदिएमा कलाकार संघमा उजुरी दिन हामी अनुरोध गर्छौं्र । सो पारिश्रमिक उठाउन अब संघले पहल गर्ने छ ।’

कलाकार इन्द्रदोङ लामाले हर्के हल्दार मार्फत आफुहरुले एउटा ब्रान्ड बनाएकाले अहिले आफ्नै सृँखला गर्दा फाईदा हुने सुझाब भाविको लेखान्त टिमलाई दिए ।

आफु जस्तै मेरी बास्सैबाट लेखान्त र रमेश पनि निकालिएकोमा मेरी बास्सैकी मैयाँ अर्थात सुनिता गौतमले त्यतिबेला दुःख लागेको स्मरण गरिन् । तर अहिले यी दुईले आफ्नै नयाँ टेलि सृँखला ल्याउँदा आफु धेरै नै खुसी भएको पनि उनले बताईन् । सो सृँखलामा आफु पनि जोडिन तयार भएको उनले बताईन् ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक