20230529

कसरी भनौँ म गलगाँडतन्त्र - जिन्दाबाद ?? कसरी भनौँ म लुटतन्त्र - जिन्दाबाद ??

पारीका कथित "छिमेकी" दाइले बोलाए 
गए हाम्रा ७ दाइ भाइ लाइन लागेर,
उतै जन्मिएको, उतै हुर्किएको अर्को मूर्ख भाइ 
बसाले ८ भाइ सँगै र दिए सँगै हिँड्ने निर्देशन  
"छिमेकी" दाइ कै खटन पटन र आदेश 
थमाए पेन्सिलले लेखेर राखेको कागज 
एक दुई तीन गर्दै पढ्दा १२ नम्बर सम्म पुगे
यहाँ सही छाप गर - दाइले उर्दी गरे
सही छाप गरे हाम्रा ८ दाइ भाइले !
यसरी भित्रिएको थियो देशमा लुटतन्त्र 
यसरी भित्रिएको थियो देशमा गलगाँडतन्त्र 
मादल बजाउँदै नचाउने सबै पारीका 
उनीहरूकै मादलको तालमा नाच्ने हाम्रा वारिका 
दिन प्रतिदिन उनीहरूकै रख्यौल जस्तो 
देख्नु भएकै छ, भोग्नु भएकै छ, 
थियो कस्तो, भयो कस्तो !! 
त्यसैले म भन्छु,
एउटा राजा फालेर, हजार राजा पालेर 
अफगानिस्तान र श्रीलङ्काको बाटो हिँड्ने 
ज्यानमारा, अपराधी र भ्रष्टहरूका लागि 'स्वर्ग'     
यस्तो गलगाँडतन्त्र चाहिएको भए न भन्ने हो, 
गलगाँडतन्त्र - जिन्दाबाद ! 
माफ गर्नुस् गलगाँडतन्त्र चाहिएकै छैन
देश र जनताका लागि चाहिएको तन्त्र त,
अझै पाइएकै छैन !
घाँटी रेट्ने र टाउको काट्नेहरू,
टाउकाको मूल्य तोक्ने र बोक्नेहरू 
यता र उता गर्दै, जुट्दै, फुट्दै,
देश र जनता लुट्नेहरू 
राक्षसी राज धोक्नेहरू र तिनैलाई बोक्नेहरू 
हजार पिर्के महाराजा र महारानी स्याहार्नेहरू
हेर्दा भोग्दा वाक्क दिक्क म र म जस्ताहरूले
खोइ कसरी भन्न सकिन्छ र, गलगाँडतन्त्र - जिन्दाबाद ! 
अदालतले जन्मकैद गरेका अपराधी र ज्यानमाराहरू 
राष्ट्रपतिले माफी दिँदै जेल मुक्त गराउँदै गरेको देख्दा 
बालक देखी प्रहरी सम्मका हत्यारा रेशम चौधरीहरू 
अबिर र फुल माला सहित हात हल्लाउँदै 
पार्टीका झन्डा हल्लाउँदै 
विजयी मुद्रामा जेल मुक्त भएको देख्दै गर्दा 
बरु चिच्याइ चिच्याइ भन्न मन लाग्छ 
गलगाँडतन्त्र - मुर्दावाद, मुर्दावाद ! 
लुटतन्त्र - मुर्दावाद, मुर्दावाद !!     

- रामप्रसाद खनाल, मे २९, २०२३ 

***********













अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक