20230503

राज भण्डारीको साइनसीक्स नामको व्यवसायलाई सन् २०२३ को ‘एक्सपोर्टर अफ द इयर’ अवार्ड प्रदान

 
अमेरिकास्थित नेपाली मूलका व्यवसायी राज भण्डारी प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन् । पुख्र्यौली थलो कास्की पोखरा घर भएका राज भण्डारीको साइनसीक्स नामको व्यवसायलाई सन् २०२३ को ‘एक्सपोर्टर अफ द इयर’ अवार्ड प्रदान गरिएको हो । यो अमेरिकाको निकै ठूलो र प्रतिष्ठित अवार्ड हो ।

अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले साइनसीक्सलाई उक्त अवार्डका लागि छनौट गरेको थियो । यस वर्ष अमेरिकाले सामान निर्यात गर्नेमा साना व्यवासायीहरूको छनौट गर्ने क्रममा ५० राज्यबाट टप ५० व्यवसाय छनौट गरिएको थियो । ती टप ५० मध्य नर्थ क्यारोलिना राज्यबाट राज भण्डारीको व्यवसाय छनौट भएको थियो । ५० राज्यबाट शुरूमा टप टेन हुँदै उनको कम्पनी टप वानमा छनौट भएको हो । अमेरिकाको ४५ प्रतिशत अर्थतन्त्र साना व्यवसायीले धानेको बताइन्छ ।

आफ्नो कम्पनीले उत्कृष्ट अवार्ड पाएकोमा त्यसले आफूलाई झनै उत्साहित र प्रेरित गरेको भण्डारीले बताउनुभयो ।

यो कम्पनीमा आफ्नो एकल लगानी रहेको र पोखराकै रन्जन कार्कीको सहयोगले आफ्नो कम्पनी सफल भएको र आफूसँगै कार्की भाइस प्रेसिडेन्टको रूपमा रहेको भण्डारीले बताउनुभयो । उहाँले सो कम्पनी पहिला अमेरिकनले नै चलाएको र पछि आफूले सो कम्पनी अमेरिकनबाट किनेको बताउनुभयो । १९८५ मा शुरू भएको सो कम्पनी तीन वर्षअघि राज भण्डारीको पूर्ण स्वामित्वमा आएको थियो । ‘हाम्रो कम्पनीले अमेरिकाकै प्रतिष्ठित अवार्ड पाउन सफल भएको छ, यसले हामी नेपालीहरू पनि कोहीभन्दा कम छैनौं भन्ने कुराको पुष्टि गरेको छ । ’ भण्डारीले भन्नुभयो । भण्डारीले कम्पनीमा रहेका सबै कर्मचारीको मिहिनेत र टिमवर्कका कारण यस्तो सफलता हासिल गर्न सकिएको बताउनुभयो । भण्डारी नेतृत्वको सो कम्पनीले अहिले ८ सय वस्तुहरूको उत्पादन गर्ने गरेको र ती उत्पादनहरू नेपाललगायत १ सय बढी देशहरूमा पुग्ने गरेको छ ।

नर्थ क्यारोलाइनमा मुख्यालय रहेको कम्पनीका सञ्चालक राज भण्डारी हुन् भने अपरेसन म्यानेजर रञ्जन कार्की हुन् । यो सफलतामा रञ्जन कार्कीको पनि उल्लेख्य योगदान रहेको भण्डारीले बताउनुभयो ।

अमेरिकाको ग्लोबल मार्केटिङका निर्देशक लिसा बामफोर्डले निरीक्षणपछि पुरस्कारको सो सिफारिस गर्नुभएको थियो ।


साइनसीक्स र अन्य राष्ट्रिय साना व्यापार सप्ताह पुरस्कार विजेताहरूलाई अप्रिल ३० देखि मे २ सम्म वासिङ्टन डीसीमा सम्मानित गरिएको हो । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले साइनसीक्स टोलीलाई भेटेर बधाई दिएका थिए । अमेरिकन राष्ट्रपति वाइडेनसँग आफूले पाँच मिनेट कुराकानी गरेको र कुराकानीका क्रममा वाइडेनले आफूहरूको प्रसंशा गरेको भण्डारीले बताउनु भयो । ‘

अमेरिकाको यस्तो प्रतिष्ठित अवार्ड पाउने राज भण्डारी पहिलो नेपाली हुन् । राष्ट्रपति बाइडेनले विदेशबाट आएर अमेरिकामा जब क्रियट गरेको भन्दै आफूलाई बधाई दिएको र तिमीहरू हामीलाई चाहिन्छ भनेर धन्यवाद दिएको भण्डारीले बताउनुभयो । अमेरिकाले मे महिनाको पहिलो साता स्मल बिजनेस विक भनेर अभियान नै सञ्चालन गरेको छ ।

विश्वभर ग्राहकहरूको बढ्दो सूचीको साथ साइनसीक्सले एसबीएका ट्रेड उपकरणहरूलाई तिनीहरूको राजस्व बढाउन र विविधीकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारका अन्य धेरै फाइदाहरू प्राप्त गर्न काम गरेको एसबीएककी प्रमुख इसाबेला कासिलास गुजम्यानले बताइन् ।

यो वर्ष राष्ट्रिय साना व्यवसाय सप्ताह मनाउँदै गर्दा साइनसीक्सका मालिक राज, र टोलीका नेता रञ्जन र लिसालाई बधाई दिन पाउँदा खुसी भएको उनले बताइन् ।

सन् १९८५ मा यसको स्थापना भएदेखि कम्पनीले हाइ पर्फमेन्स लिक्विड क्रोमेटोग्राफी र मास स्पेक्ट्रोमेट्री भागहरू निर्माण गरेको छ, जसको प्रयोगहरूमा औषधि परीक्षण, प्रदूषण विश्लेषण, कीटनाशक पत्ता लगाउनेलगायत समावेश गरेको कम्पनीले जनाएको छ । कम्पनीको नर्थ क्यारोलिनामा मुख्यालय र मिनेसोटामा उत्पादन कारखाना रहेको छ ।

अमेरिकाको यस्तो प्रतिष्ठित अवार्ड पाउने राज भण्डारी पहिलो नेपाली हुन् । राष्ट्रपति बाइडेनले विदेशबाट आएर अमेरिकामा जब क्रियट गरेको भन्दै आफूलाई बधाई दिएको र तिमीहरू हामीलाई चाहिन्छ भनेर धन्यवाद दिएको उनले बताए । अमेरिकाले मे महिनाको पहिलो साता स्मल बिजने विक भनेर अभियान नै सञ्चालन गरेको छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक