20230503

तर यिनका घाँटिमा घन्टी बाँध्ने पो कसले सबै पछि लाग्ने, आरती उतार्ने, शती जाने मात्र छन !


प्रचण्ड भन्दा ठुलो भ्रस्टाचारी नेपालमा अरु को होला र ! ४ हजार लडाकुलाई ३५ हजार भनेर, हुँदै नभएका १९ हजार लडाकुलाई सेना भनेर बुझेको त्यो अर्बौं डलर खोइ ? १० बर्ष लुटेको बैंक देखी ब्यक्ती सम्मका धन सम्पत्ती खोइ ? उनकै सहयात्री खड्क विश्वकर्मा प्रकाण्डले लुटेको धन दुबइमा राखेको सार्वजनिक रुपमा बताएकै हुन । तर यिनको बारेमा पनि यस्तै समाचार कहिले आउने होला ? बुढी गण्डकीमा ओली, प्रचण्ड र शेर बहादुर देउबा मिलेर ९ अर्ब खाएको त बाबुरामले प्रमाणित गर्न सक्छु भनेर सार्वजनिक गरेकै कुरा हो । आशा गरौं - बुढेसकालमा, मर्नु अघि  यी सबै भ्रस्टहरुको भेट डिल्लीबजार कारागारमा होस । तर यिनका घाँटिमा घन्टी बाँध्ने पो कसले सबै पछि लाग्ने, आरती उतार्ने, शती जाने मात्र छन !  

सेतोपाटी लेख्छ - नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा अहिलेसम्म ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापा, दाङलगायत विभिन्न ठाउँमा रहेका नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले करोडौं रुपैयाँ ठगेको भन्दै प्रहरीमा उजुरी परेको थियो। 

प्रहरीले यो प्रकरणको अनुसन्धान गर्दै जाँदा उच्च राजनीतिक र प्रशासनिक अधिकारीहरू मुछिएका छन्। नेताहरूसँगै उनीहरूका परिवारका सदस्य पनि यो प्रकरणमा मुछिएका छन्। बुधबार  जिल्ला प्रहरी परिसर काठमाडौंले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ। गृह सचिव भएका बेला ठगी गिरोहसँग साँठगाँठ गरेको आरोपमा प्रहरीले उनलाई  पक्राउ गरेको हो। पाण्डे २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए।

यस्तै मंगलबार राजनीतिक पृष्ठभूमिकै अर्का व्यक्ति पनि पक्राउ परे। तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो। 

प्रहरी स्रोतका अनुसार यसअघि पक्राउ परेका व्यक्तिहरूको बयानको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। इन्द्रजित राईले भने ५ करोड बढी रकम लिएको अरू अभियुक्तको बयानमा खुलेको छ। 

उनले गृह मन्त्रालयभित्र सहजीकरण गरिदिने भन्दै रकम लिएको अनुसन्धानमा देखिएको हो। यो प्रकरणमा प्रहरीले यसअघि नै केशव दुलाललाई पनि पक्राउ गरेको थियो। उनी पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाका पूर्वस्वकीय सचिव हुन्। उनीसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले चैत १२ गते पक्राउ गरेको थियो। सेतोपाटीका अनुसार पक्राउ पर्ने अन्यमा सानु भट्टराई र टंककुमार गुरूङ छन्। 

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। रायमाझी  पूर्वउपप्रधानमन्त्री हुन् भने अहिले उनी अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। यही प्रकरणमा उनका छोरा सन्दीप रायमाझी पनि मुछिएका छन्। सन्दीपविरूद्ध पनि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। 

पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी छ। 

पक्राउ परेका इन्द्रजितका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। 

२०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनेको थियो। त्यसअघि शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्च आयुक्तको कार्यालयले केही भुटानी शरणार्थीलाई विदेश पठाएको थियो। 

तर त्यसबाट छुटेकाहरूको पहिचान गर्नको लागि उक्त कार्यदल गठन गरेको थियो। उक्त प्रतिवेदन अहिलेसम्म गोप्य नै राखिएको छ।

तर गिरोहका सदस्यहरूसँग भने यो प्रतिवेदन पुगिसकेको थियो। उनीहरूले त्यो प्रतिवेदन पीडितहरूलाई पनि दिएका थिए।

प्रहरीले अहिले पीडितबाट प्राप्त गरेको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थी बनाउनेको सूचीमा ८ सय बढीको नाम  समावेश गरिएको छ। 

अनुसन्धान अघि बढ्दै जाँदा प्रहरीले गृह मन्त्रालयसँग उक्त प्रतिवेदन मागेको थियो। मन्त्रालयले परिसरलाई गत चैत २८ गते बुझाएको थियो। 

पीडित पक्षबाट प्राप्त गरिएको प्रतिवेदन र मन्त्रालयबाट प्राप्त प्रतिवेदनलाई भिडाउँदा गिरोहले अनुसूची नै थप गरेको पाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि ठगी एवं संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

उनीहरूले मानिस परिचालन गरी गृह मन्त्रालयमा आफ्ना मान्छे भएको भन्दै रकम असुली गर्ने गरेको अनुसन्धानमा देखिएको छ।  

पीडितले आफूहरूलाई ठगी गरेको भन्दै अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी परेपछि लामो अनुसन्धानपछि प्रहरीले दुलाल लगायतलाई पक्राउ गरेको थियो।

सुरूमा प्रहरीले उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो। कार्यालयले पक्राउ गरेर थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। 

परिसरले पछिल्लो समय उनीहरूमाथि संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको थियो।

चैत २९ गते यही घटनामा संलग्न रहेको आशंकामा सन्देश शर्मा र सागर राईलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै प्रत्येक व्यक्तिबाट ५ देखि ४५ लाखसम्म लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। 

अनुसन्धानका संलग्न एक प्रहरी अधिकारीका अनुसार गिरोहका मानिसहरूले नेपालीहरूलाई नक्कली शरणार्थी बनाउन फारम नै भराएर पैसा उठाएका थिए। उनीहरूले तीन तहमा रहेर यो काम गरेका थिए। 

‘मान्छेहरूसँग कुरा गर्ने, निवेदन दर्ता गराउने, रकम असुल्नेलगायत काम एक तहमा बसेकाले गर्थे भने दोस्रो तहमा केशव दुलाल, सानु भट्टराई लगायतको भूमिका देखिन्छ। उनीहरूले बीचमा बसेर मिलाउने गर्थे,’ ती अधिकारीले भने,‘तेस्रो तहमा भने त्यतिबेला गृह मन्त्रालयमै रहेका व्यक्तिहरूको भूमिका रहेको देखिएको छ।’

      अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक